नेपालगन्ज,
कात्तिक १४ नेपाली कांग्रेसका सभापती सुशिल कोईरालाले लोकतन्त्र बलियो बनाउन कांग्रेसलाई दुई तिहाई बहुमत आवश्यक रहेको बताएका छन्। बाँके क्षेत्र नम्बर–३ का उम्मेदवार आज नेपालगन्ज स्थित वीपी चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्दै लोकतन्त्र प्रति प्रतिवद्ध रहेको कांग्रेसले नै लोकतन्त्रलाई बचाउने जिकिर गरे । लोकतन्त्र कमजोर हुदाँ मुलुक नै कमजोर अवस्थामा पुगेको सभापती कोईरालाको भनाई छ ।
‘लोकतन्त्र, शान्ती र विकासको लागि नै मंसिर ४ मा चुनाव हुदैछ, यसर्थ कांग्रेसलाई दुई तिहाई बहुमतले जिताउन’ कोईरालाले आग्रह गरे । यस पटकको निर्वाचनमा कांग्रेसले जनताको विश्वास जितेको दाबी गर्दै दुई तिहाई बहुमत आउने ठोकुवा पनि गरे । किसान, दलित, मुस्लिम, महिला, जनजाती, आदीवासी लगायत सबैको अधिकार स्थापित गर्ने एक मात्र पार्टी कांग्रेस भएको सभापती कोईरालाले बताए । नेपाली का“ग्रेसका सभापति सुशिल कोईराला आज विहानै बुद्धएयरको विमानबाट गृह नगर नेपालगञ्ज आएका हुन ।
सभापति कोइरालालाई स्वागत गर्नकालागि नेपाली कांग्रेसका कार्यकर्ताहरु विहानै राझां एयरपोटमा पुगेका थिए । कोइराला विमानबाट उर्लिए लगत्तै कार्यकर्ताहरुले उहांलाई स्वागत गर्दै नेपाली कांग्रेस जिन्दाबादका नारा लगाएका थिए । एयरपोर्टबाट ओर्लिएपछि सभापति कोइरालालाई आफ्ना कार्यकर्ताहरुले नगर परिक्रमा गराएका थिए । नेपालगन्ज आएका कोईरालालाई हजारौ संख्याका कार्यकर्ताले बिहान विमानस्थलबाट मोटरसाईकल र्याली सहित नगर परिक्रमा गराएका थिए । चुनावी प्रचार प्रसारको लागि गृहनगर नेपालगन्ज आएका कोईरालाले बिहिबार दिउँसो बिभिन्न ठाउँमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
दीपा आले
