फेरि प्रहरीले मान्छे मार्न थाल्या हो !

Read Time:3 Minute, 23 Second

स्याङ्जा, १२ कार्तिक

स्याङ्जाको चापाकोट गाविस–६ सुन्तलीटारस्थित प्रहरी चौकीमा मंगलबार अपरान्ह स्थानीयवासी र प्रहरीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाईते भएका छन् ।

मृत्यु हुनेमा चापाकोट गाविस–३, का अन्दाजी वर्ष २५ का कृष्ण भट्टराई र चापाकोट गाविस–६ का अन्दाजी १७ वर्षका सूर्य आले रहेको इलाका प्रहरी कार्यालय रत्नपुरले जानकारी दिएको छ । प्रहरीका अनुसार स्थानीय स्वास्थ्य संस्थामा उपचारका क्रममा उनीहरुको मृत्यु हो ।

घटनामा गम्भीर घाईते हुनेहरुमा चापाकोटका स्थानीयवासी गायत्री आचार्य, गंगाकुमारी श्रेष्ठ, कमला श्रेष्ठ र लिलु विक रहेको प्रत्यक्षदर्शी गिरीराज मल्लले जानकारी दिएका छन् । घाईतेहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि पोखरा स्थित मनिपाल शिक्षण अस्पताल लगिएको छ ।

स्थानीय ३५ वर्षकी माया विकको दुई साताअघि भएको शंकास्पद मृत्युको विषयमा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको भन्दै स्थानीयवासीले प्रहरी चौकीमा आक्रमण गरेपछि भीड हटाउन प्रहरीले गोली चलाएको थियो ।

स्थानीयवासी र प्रहरीकाबीच भएको झडपमा परि रत्नपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णबहादुर थापा सहित करिब १ दर्जन सुरक्षाकर्मी घाईते भएको प्रहरी चौकीले जनाएको छ । झडपमा करिब दुई दर्जन स्थानीयवासी समेत घाईते प्रत्यक्षदर्शीले बताएका छन् । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।

सयौको संख्यामा आएका स्थानीय र सिमा क्षेत्र पाल्पा र तनहुँबाट गएका पुरुष र महिलाहरुले प्रहरी चौकीमा एक्कासी आक्रमण गरेपछि स्थितीलाई नियन्त्रणमा लिन गोली चलाएको इलाका प्रहरी कार्यालय रत्नपुरका प्रहरी निरीक्षक थापाले बताए । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन करिब दुई घण्टा कफ्र्यू जारी गरेको थियो । प्रहरीले जबरजस्ती बल प्रयोग गरि गोली चलाएको स्थानीयले आरोप लगाएका छन् ।स्थानीयका अनुसार शान्तिपूर्ण रुपमा आफ्ना मागहरु राख्दाराख्दै प्रहरीले एक्कासी गोली चलाएको उनीहरुको आरोप छ । घटनापछि भागाभाग गरेका स्थानीयलाई प्रहरी छेकीछेकी लाठ्ठी प्रहार गरेको स्थानीयले बताएका छन् ।

देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %