मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरमा आईतवार साँझ भएको आगलागी भएको छ ।
आगो निभाउने क्रममा २१ जना शरणार्थी घाइते भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । साँझ साढे ६ बजे भएको आगलागीबाट ३ वटा छाप्रा जलेर पुर्णरुपमा जलेर नष्ट भए भने थप क्षति हुनबाट जोगाउन अन्य ३ छाप्रा भत्काइएको छ । झापाको दमकबाट दमकल आइपुग्नु अगाडि नै स्थानीयको प्रयासमा आगो नियन्त्रणमा लिइइएको थियो । सेक्टर के थ्री, छाप्रा नम्बर एक र दुईका टेकबहादुर राईको घरबाट आगलागि भएको शिविरका सामाजिक कार्यकर्ता हर्कराज सुब्बाले बताए । राईको घरमा रहेको खाना पकाउने ग्यास चुहिएर आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।
भैरब आङ्ला, धरान
