मतदाता तर्साउन आगजनी आतंक

Read Time:2 Minute, 13 Second

काठमाडौ निर्वाचन क्षेत्र नम्बर ५का  नेपाली कॉग्रेसका उम्मेद्वार नरहरि आचार्यको गाडीमा आगजनी भएको छ ।आसन्न संविधानसभा निर्वाचन प्रचार र घरदैलो कार्यक्रममा हिडेका आचार्यको गाडीमा धापासी हाइट कृष्णमन्दिर छेउमा अज्ञात समूहले आज बिहान आगजनी गरेको हो । निर्वाचन क्षेत्रको धापासी हाइटमा घरदैलो कार्यक्रममा सहभागी हुन पुगेका आचार्यको बा ६ च ४१९ नम्बरको गाडीमा आगजनी गरेको हो ।
मोटरसाईकलमा आएका ३ जना व्यक्तिले पेट्रोल छर्केर आचार्यको गाडीमा आगो लगाएर भागेको स्थानिय बासिन्दाले जनाए ।  आगजनीबाट आचार्य चढेको गाडीको मुख्य भाग जलेर क्षतिग्रस्त भएको छ । आगजनी कसले गरेको र किन गरेको भन्ने खुल्न सकेको छैन । घटनाको सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ ।
 यस्तै धापासी क्षेत्रमा चुनाव प्रचार र प्रसार प्रयोजनका लागि टॉसिएका सबै पोष्टर पााप्लेट च्यात्नुका साथै कालो पोतिएको छ । यसैबीच आज बिहानै प्रहरी र सेनाको उच्च निगरानीमा रहेको नारायण्ँहिटी उत्तर ढोका अगाडि  एमाले नेता राजेन्द्र पाण्डेको गाडीमा पनि आगजनी भएको छ । नारायण्ँहिटी अगाडि पार्क गरी राखेको नेता पाण्डेको गाडीमा आगो लगाइएको प्रहरीले जनाएको छ।  

त्यसैगरि बाँकेमा नेका सभापति सुशिल कोइरालाको गाडीमाथि पनि आगजनी भएकोछ । यसरी नेताहरुको गाडीमा आगजनी हुन थालेपछि ति मोटरसाइकलमा हिड्न थालेकाछन् । एमालेका नेता माधव नेपाल आज मोटरसाइकलमा चढेर प्रचारमा निस्किएकाथिए ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %