पश्चिमाञ्चल बिकास क्षेत्रका क्षेत्रिय प्रमुख लोक दर्शन रेग्मीले मंसिर चार गते हुन लागेको निर्बाचनमा सरकारी कर्मचारीहरु दलिय प्रचारमा लागेकाले तिनलाई तत्काल कारबाहीको प्रकृया अघि बढाएको बताएकाछन्।
क्षेत्रिय सुरक्षा समितिको जिल्ला भ्रमणको लागी पाल्पा आएका रेग्मीले पत्रकारहरु संगको भेटमा शिक्षक, बिद्यालयका स्रोत ब्यक्ति, बिद्यालय निरिक्षक, गाबिस सचिब, स्वाथ्यमा काम गर्ने जनशक्तिहरु अनि निर्बाचन अधिकारीको कार्यालय अन्र्तगत परिचालित हुने जनशतिmहरु घरघरमै पुगेर दलिय प्रचारमा लागेको बताए ।
उनीहरुको कारबाहीको लागी आफुले मुख्य सचिवलाई जानकारी गराएको उनको भनाई छ ।
मुख्य सचिवले पनि दलिय प्रचारमा लाग्ने कर्मचारीको रेकर्ड तत्काल केन्द्रमा पठाउन निर्देशन गरेको र उनीहरुलाई सस्पेन राखेर बिभागिय कारवाही हुने जानकारी दिएको क्षेत्रिय प्रशासक रेग्मीले बताए ।
निर्वाचन सफल बनाउन एकिकृत सुरक्षा योजना बनाएर नेपाली सेना, प्रहरी, राष्ट्रिय अनुसन्धान र सशत्र प्रहरी एक भएर परिचालित भएकोले आम मतदाताले ढुक्क भएर मतदान गर्न उनले आग्रह गरे ।
निर्वाचनमा सहभागी राजनैतिक दलहरुले पनि निर्बाचन सफल बनाउन आचार संहितालाई पुर्णतया पालन गर्नुपर्नेमा उनले जोड दिए । लडाईको रिङ्गमा उत्रिएका खेलाडीलाई नियमकानुनको जानकारी हुनुपर्छ , उनले भने, “कहा हान्दा नम्बर आँउछ कहाँ हान्दा नम्बर काटिन्छ । ”
क्षेत्रिय सुरक्षा समितिको भ्रमणमा पश्चिमाञ्चल क्षेत्रका प्रहरी , अनुसन्धान र सशत्र प्रहरी प्रमुखहरुको पनि सहभागिता थियो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले समग्र पाल्पाको शान्ति सुरक्षाको बारेमा जानकारी गराए । क्षेत्रिय प्रशासक र सुरक्षा प्रमुखहरुसंग पाल्पाका पत्रकार, नागरिक समाज लगायतले पाल्पामा शान्ति सुरक्षाको अवस्था र निर्बाचन आचार संहिताको बारेका बताएका थिए ।
देव पचभैया
