ठूलालाई अर्थ छैन चुनावी आचारसंहिताको

Read Time:4 Minute, 18 Second

नेपाललाई अहिले चुनावी माहोलले धपक्कै छोपेको छ । संविधान सभाको चुनावमा भाग लिएका दलहरु आफुलाई जिताउन गाँउ वस्ती र घर घरमा पुगेर भोट मागिरहेका छन् । चुनावी प्रचार प्रसारका लागि निर्वाचन आयोगले आचार संहिता लागु गरेको छ । निर्वाचन आयोगको आचार संहितामा निर्वाचनमा मत खरिद विक्रि गर्न, निर्वाचनलाई प्रभाव पार्ने गरी कुनै पनि किसिमको भोज भतेर गर्न र मतदातालाई डर, त्रास, धम्की दिन, हात हतियार प्रर्दशन गर्न, पोष्टर टास्न तथा वालवालिकाको प्रयोग गर्न पाईने छैन भनेको छ । तर पुर्वी नेपालको धरानमा भएको एकिकृत माओवादीको चुनावी सभामा ठिक विपरित भयो ।
चुनावी र्यालीमा सयौ वालवालिकाहरु झण्डा वोकेर हिडेका थिए । त्यतिमात्रै होईन कत्ति वालवालिकाहरुले त वाईसिएल लेखिएको भेष्ट लगाएर र्यालीको व्यवस्थापन समेत गरीरहेका देखिन्थे । एकिकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड उपस्थित भएको सो सभामा धेरै वालवालिका पार्टीको झण्डा वोकेर सहभागी थिए । चुनावी सभामा आचर संहिता विपरित साना साना बालकहरु लाई झण्डा वोकाएर र्यालीमा सहभागी गराईएको थियो ।
अगाडी वाइसिएल र पछाडी सुनसरी क्षेत्र नम्बर १ का उमेद्वार मुक्सामहाङ मेयाङ्वो लाई जिताउ भन्ने नारा तथा पाटिको चुनावी चिन्ह सहितको टिसर्ट लगाएर बालकहरुलाई परिचालन गरिएको थियो । यस्तो कार्य गर्नु निर्वाचन आचार संहिता विपरित छ । कुनै पार्टिले टि सर्ट भेष्टमा पार्टिको झण्डा वा चुवान चिन्ह या कुनै पनि उमेद्वारको नाम उल्ललेख गरेर लगाउन नपाइने तथा बालबालिकाहरुको समेत प्रयोग गर्न नपाइने स्पष्ट उल्लेख रहे पनि एमाओवादी का अध्यक्ष पुष्पकमल दाहाल सहभागी कार्यक्रमा भने आचार संहिता विपरीत बालबालिका हरु को प्रयोग गरिएको थियो ।
सभा अघि निकालिको र्याली तथा त्यसको सुरक्षाको नामा खटाइएका भनिएका वाइसिएल अधिकांश बालबालिका नै थिए । १ हजार बढि सुरक्षा कर्मी परिचालान रहेका सभामा परिचालित भएका बालबालिहरु लाई वाइसिएल कार्यकर्ताको नाम दिइएको थियो । एमाओवादी सभाको प्रचारको नाममा धरानका विभिन्न ठाउमा तुल व्यानर समेत राखेको थियो भने ठुला ठुला स्वागत गेट समेत निमार्ण गरेको छ । निर्वाचन आयोगले फेरी हुने संविधान सभाको निर्वाचन निष्पक्ष निर्वाचन गर्न निर्वाचन आचार संहिता २०७० जारी गरेको भएपनि ठुला राजनितिक दहरुले नै आचार संहिता पालन गरेको पट्टकै पाईदैन । तराईका अधिकांस क्षेत्रमा ठुला राजनितिक दलहरुले आचार संहिता विपरित भारतिय नम्बर प्लेट का सवारी प्रयोग सगै सडकमा ठुला ठुला व्यानर हरु समेत प्रयोग गरिरहेका छन् । यसरी दलहरु चुनावी प्रचार प्रसारमा आचार संहिता विपरित गरीरहदा पनि निर्वाचन आयोग मौन रहेको छ । आचार संहिताको कुन दलले उलंघन गरेयो यसवारेमा आयोगको अनुगमन भएको पाईदैन ।

भैरब आङ्ला, सुनसरी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %