रमाइलो शरद साँझमा करीस्माले कम्मर मर्काइन

हंगकंग नेपाली महासंघको आयोजनामा याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न कार्यक्रममा कुनै बेला चलचित्र जगतमा एकछत्र राजगर्न सफल भएकी नायिका करिस्मा केसीले कम्मर मर्काएर नृत्य गर्दा हल नै तातिएको थियो । उनी सगै अर्का गायक दिपक लिम्बु पनि आएका थिए र उनले पनि हल गरमा गरम बनाएका थिए ।
अध्यक्ष प्रदिप थापा मगर मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्य संस्थापक अध्यक्ष मणि किरात बँन्तवाले ग्रहण गरेका थिए । महासचिब नन्द चाङसुले औपचारीक कार्यक्रम सञ्चालन गरेका थिए । उपाध्यक्ष रीता गुरुङले स्वागत मन्तब्य दिएकी थिइन ।