एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चढेको गाडीमा बैद्य माओबादीका कार्यकर्ताहरुले ढुंगा प्रहार गरेका छन् ।

धनकुटाको कोशी राजमार्ग अन्र्तगत रुद्रवारीमा सडक माथीबाट प्रहार गरिएको ढंगाले कुनै क्षति नभएको प्रहरीले बताएको छ । त्यस्तै धनकुटामा प्रचण्डले सम्वोधन गर्दे गरेको कार्यक्रममा बैद्य पक्षका कार्यकर्ताहरुले कालो झण्डा समेत देखाएको राज्य समिति सदस्य सन्दिप रायमाझीले बताए । यो घट्ना पछि प्रहरीले धनकुटाबजारबाट अखिल क्रान्तिकारी धनकुटाका अध्यक्ष मिलन बास्तोला र सदस्य अजिव राईलाई पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
उनीहरुलाई साँझ छाडिने धनकुटाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । चुनावी अभियानको लागि एमाओबादीका अध्यक्ष पुष्पकमल दाहाल तेह्रथम जाने कार्यक्रमलाई अवरोध गर्नको लागि नेकपा–माओबादीका कार्यकर्ताहरुले कोशी राजमार्गको ठाउँठाउँमा रुख ढालेका थिए । माओबादीका कार्यकर्ताहरुले धनकुटाको चेङचेङबारी, आत्मारा र कागतेमा रुख ढालेर सडक अवरुद्ध गरेका थिए । विहान गरिएको अवरोध नेपाल प्रहरीले पन्छाएको धनकुटाका प्रहरी उपरीक्षक ईश्वरी चापागाईँले बताए ।

विहिबार कोशी पहाड बन्द गरेको बैद्य माओबादीले पुष्पकमल दाहाल शान्ति प्रक्रियाको प्रमुख विरोधी भएकाले उस्को कार्यक्रम हुने दिन र क्षेत्रमा बन्द र अवरोधको कार्यक्रम जारी राख्ने राज्यसमिति सदस्य सन्दिप रायमाझीले बताए । त्यसैगरी बैद्य माओबादीले तेह्रथुमको काँडे, सुर्के, पिङवाखोलामा रुख ढालेर सडक अवरुद्ध गरेका थिए । प्रहरीको सक्रियातामा ती अवरोध हटाईएको छ । सडकलाई सुरक्षित गर्नको लागि ब्यापक प्रहरी परिचालन र स्कर्टिङ समेत गरिरहेको थियो । वैद्य माओवादीले प्रचण्ड पुर्वमा आउने भने पछि मोरङ, सुनसरी, धनकुटा र तेह्रथुम वन्दको आवहान गरेका थिए ।
भैरब आङ्ला, धरान
