सुरक्षामा चुनौती बढ्दै गएपछि मोरङका २५ र धनकुटाका २ जना उम्मेदवारलाई निजी सुरक्षाकर्मी उपलब्ध गराईएको छ । बिभिन्न क्षेत्रमाट धम्की तथा आक्रमणको प्रयासको खतरा बढ्दै गएका बिभिन्न उम्मेदवारहरुलाई निजी सुरक्षाकर्मी उपलब्ध गराईएको हो । जिल्ला सुरक्षा समितिको बैठकलले उम्मेदवारबाट आएको निजी सुरक्षाकर्मीको माग र राष्टिय अनुसन्धान, जिल्ला प्रहरीले गरेको रिपोटिङको आधारमा उनीहरुलाई निजी सुरक्षाकर्मी उपलब्ध गराईन लागेको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिश्वराज पोख्रलका अनुसार अहिले जिल्लाबाट २५ जना र काठमाण्डौबाट आएका केही गरी २८ जना उम्मेदवारलाई निजी सुरक्षाकर्मी उपलब्ध गराईएको छ । धम्कीको श्रृङखला बढ्दै जान थालेपछि सुरक्षा समितिको बैठकको निर्णय अनुसार अहिले आएका सुरक्षा थ्रेडका आधारमा उम्मेदवारलाई निजी सुरक्षा दिईएको पोखरेलले वताए । यसैबिच संविधानसभाको निर्वाचनमा उम्मेदवार नेपाली कांग्रेस धनकुटाका अजितनारायणसिं थापा र संघिय समाजबादी पार्टीका रकम चेम्जोङलाई सुरक्षा गार्ड उपलब्ध गराईएको धनकुटाका प्रहरी उपरीक्षक ईश्वरीप्रसाद चापागाईँले बताएका छन् । कांग्रेस उम्मेदवार थापाले सुरक्षा गार्ड लगिसकेको र संघिय समाजबादीका उम्मेदवार चेम्जोङले लैजना बाँकी रहेको छ । सुरक्षामा ठुलो थ्रेट नभएपनि उम्मेदवारले माग गरेकाले उपलब्ध गराईएको हो । सुरक्षागार्ड अन्य उम्मेदवारले मागे उपलब्ध गराउने एसपी चापागाईँले बताए ।
भैरब आङ्ला, धरान
