पाल्पा, कार्तिक ७
पाल्पाको चिदिपानीमा बिहिबार बेलुकी भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । पाल्पाको चिलाङ्गदीमा चलिरहेको भारतीय पेन्सन क्याम्पमा पेन्सन बुझी घर जल्पा जादै गरेको लु १ ज १२३० नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा परी बहादुर गाबिस वडा नम्बर २ का ४३ बर्षिय हुमिसरा बाह्रघरे मगर, जल्पा ९ का २६ बर्षिय ज्ञानीसरा सारु मगर, जल्पा ९ कै ८६ बर्षिय बदल सिंह सारु मगर र गाडी मालिक बहादुर २ का ५० बर्षिय चन्द्र बहादुर बाह्रघरे मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
घाईते ११ जनाको तानसेन स्थित मिशन अस्पतालमा उपचार भैरहेको छ ।
गाडी चालक देबीनगर २ जल्पाका २३ बर्षिय धर्मराज कुवरका अनुसार गाडी साहु मृतक चन्द्र बहादुरले गाडी चलाएका थिए । उनले अत्यधिक मदिरा सेवन गरेको यात्रुहरुले बताएका छन् । भुपु लाहुरेहरुले पेन्सन बुझेपछि जिप रिर्जब गरी घर फर्किएका थिए । उनीहरुले घर बाट क्याम्प आउदा पनि त्यही जिप लिएर आएका थिए ।
देब पचभैया
