संविधान सभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालय पाँचथरले नागिन गाबिसका लागि पठाएको सामग्री मंगलबार नेकपा -माओवादी कार्यकर्ताले गाबिसबाट लुटेर लगेकाछन ।
जिल्ला निर्वाचन कार्यालयबाट समुदायमा बाँड्न लगिएका मतदाता शिक्षा, हाते पुस्तिका र पोष्टरहरु गाविसको कार्यालयबाट कब्जा गरिएको माओवादीका जिल्ला सचिव लक्ष्मि न्यौपानेले बताए । गाँउभरि निर्वाचनका कार्यक्रम अवरोध गर्न सक्रियताका साथ आफ्ना कार्यकर्ता परिचालन गरिएको न्यौपानेको भनाई थियो ।
भैरब आङ्ला, धरान
