प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले फोटोसहितको मतदाता परिचयपत्र कात्तिकको अन्तिम सातासम्ममा मतदाताको हातमा पुग्ने बताएकाछन् । निर्वाचन आयोगले विदेशी कुटनीतिज्ञहरूसँग गरेको छलफलपछि पत्रकारहरूसंग बोल्दै प्रमुख आयुक्त उप्रेतीले कात्तिकको अन्तिमसम्ममा सबै मतदाताको हातमा परिचयपत्र पुग्ने बताए ।
उनले परिचयपत्र अस्थायी र स्थायी नहुने भन्दै अहिले स्मार्टकार्ड बनाउन समय अभाव भएकाेले कागजी परिचयपत्र दिइने बताए । प्रमुख निर्वाचन आयुक्त उप्रेतीले केही पहाडी जिल्लामा निर्वाचन प्रचारका लागि हेलिकोप्टर प्रयोग गर्न दिने विषयमा पनि छलफल भइरहेको जानकारी दिए । दलका नेताहरू जिल्ला पुगेर प्रचारप्रसारमा लागे मात्र निर्वाचनको वातावरण बन्ने भन्दै उनले केही जिल्लामा हेलिकोप्टर प्रयोग गर्न दिने विषयमा छलफल भइरहेको स्पष्ट पारे ।
प्रमुख निर्वाचन आयुक्त उप्रेतीले अहिलेसम्म सबै क्षेत्रमा निर्वाचन आचारसंहितामा भएको पालना सन्तोषजनक रहेको बताए । छलफलमा निर्वाचन आयोगले १० मुलुकका राजदूतसहित ४० मुलुकका कुटनीतिज्ञलाई निर्वाचनको तयारीबारे अवगत गराएको थियो । छलफलमा विदेशी कुटनीतिज्ञहरूले निर्वाचन सफल बनाउन आफू र आफ्नो देशबाट सबैखाले सहयोग हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।
आनन्द गुरुङ
