८ प्रदेश सहित खम्बुवानको घोषणापत्र सार्वजनिक

Read Time:1 Minute, 32 Second

खम्बुवान स्वायत्त राज्यको माग गर्दै आएको खम्बुवान राष्ट्रिय मोर्चा नेपालले पहिलोपटक चुनावमा भाग लिने निर्णयसहित जातीय आधारमा नेपाललाई ८ प्रदेश बनाउनु पर्ने बताएको छ । आमसञ्चार क्लब धरानमा आईतवार आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय अध्यक्ष आर।के।खम्बुले घोषणापत्र सार्वजनिक गर्दै यस्तो धारणा व्यक्त गरेका हुन् ।

 अध्यक्ष खम्बुले विश्वबाटै समाजवाद तथा माक्र्सवाद सबै विचारधारा असफल भईसकेको दावी गर्दै खम्बुवान बिचारधाराले मात्रै उत्पीडित जातिहरुको अधिकार प्राप्त हुने बताए । खम्बुले इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, भोजपुर, खोटाङ, संखुवासभा, उदयपुर, सोलुखुम्बु र ओखलढुंगाका ३३ निर्वाचन क्षेत्रबाट ३३ जना प्रतक्ष्यतर्फ उम्मेदवारी दर्ता गराएको बताए । उनले १३३ जना समानुपातिकको बन्द सुचीमा राखेको उल्लेख गर्दै ३ देखि ८ सिट जित्ने पक्का भएको दावी गरे । उनले भने, ‘खम्बुवानमा ८ लाख भोट समानुपातिकमा आउने विश्वास छ ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %