स्याङ्जाली गुरुङहरुको दशै तिहार कार्यक्रम

Read Time:3 Minute, 2 Second

 भिरकोट आठ्थर तमु समाजले हङकङस्थित ताई मो शान कन्ट्री पार्कमा दशैंतिहारको उपलक्ष्यमा वार्षिक भेट्घाट कार्यक्रमको आयोजना गरेकोछ।  स्याङ्जा जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत ६ गाबिसलाई समेटेर स्थापना गरिएको भिरकोट आठ्थर तमु समाजले हरेक बर्ष दशैंतिहारकै अवसर पारेर वार्षिक भेट्घाट कार्यक्रमको आयोजना गर्ने गर्दछ।

कार्यक्रम बिहान १० बजेदेखि नै शुरु भएको थियो भने बेलुकी ५,६ बजेसम्म पनि गाउंलेहरुको आउंने क्रम जारी नै थियो। समाजका आमा समूहले बिहानदेखि नै यस भेकमा प्रचलित ुप्लप्लु रोटी पोलेका थिए भने युवा पार्टीले सोहि स्थानमा नै सधैंको बर्षहरुमा जस्तै खसीको भुटुवा एवं मासु पकाएका थिए। साथमा बिभिन्न थरीका अचारहरु पनि रहेको थियो।

यसै क्रममा बेलुकी लगभग ७ बजे छोटो औपचारिक कार्यक्रम सञ्चालन गरिएको थियो। समाजका अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा समाजकै सल्लाहकारहरु चेत बहादुर गुरुङ, मोहन९टिला० गुरुङ, समाजकै उपाध्यक्ष चौ गुरुङको पूज्यनिय पिता प्रेम बहादुर गुरुङ र यस पटकको वार्षिक कार्यक्रमका प्रमुख प्रायोजक श्रीमती हरी माया गुरुङलाई पनि अतिथ्य प्रदान गरिएको थियो।

समाजकै उपाध्यक्ष चौ गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई समाजकै सचिव डिल कुमार गुरुङले सञ्चालन गरेका थिए।

अध्यक्ष मन बहादुर गुरुङले कार्यक्रममा उपस्थित गाउंले दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई  कार्यक्रमलाई सफल बनाई दिएकोमा धन्यवाद ब्यक्त गरे र आफ्नो कार्यसमितिलाई पनि बिशेष धन्यवाद ब्यक्त गरे।  

यसैगरि नेपालीहरुको महान पर्व विजया दशमीको शुभकामना ब्यक्त गर्दै औपचारिक कार्यक्रमलाई समापन गरेका थिए भने कार्यक्रममा प्रमुख प्रायोजक श्रीमती हरी माया गुरुङलाई समाजका अध्यक्ष मन बहादुर गुरुङले खादा लगाई सम्मान गरेका थिए।

कार्यक्रमको अन्तमा उपस्थित युवायुवती तथा आमा समूह देखि लिएर सबै जनाले सामूहिक रुपमा नाच्दै कार्यक्रमलाई अन्त गरेका थिए।

मुक काजी गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %