दुई महिना अघि वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका ३५ नेपाली युवा विचल्लीमा परेका छन् ।
विचल्लीमा पर्नेहरुमा हसन्दह ७ मोरङका देवेन्द्रकुमार लिम्वू, सिद्धकाली ५ संखुवासभाका रिन्जी सेर्पा, नवामीडाडा ६ पाचथरका सुक्रराज आङ्देम्वे, चितवनका जीवन चेपाङ र लिवाङ ५ रोल्पाका टिका डागी लगायत ३५ जना नेपाली युवा रहेको मलेसियावाट संचारकर्मी राजकुमार तेङ्युङले टेलिफोन मार्फत जानकारी दिएका छन् । राजकुमार तेङयुङका अनुसार उनीहरु काठमाण्डौको गौशलामा रहेको कावेली हुमन रिसोर्स प्रा.लि. मेनपावरवाट मलेसिया पुगेका हुन् । मलेसियामा आर एम ९ सय पाउने भन्दै कावेली हुमन रिसोर्स प्रालिका संखुवासभा घर भएका खगेन्द्र कटुवालले उनीहरुलाई मलेसिया पठाएको हो । मलेसिया पुग्दा नेपालमा सम्झौत भएको भन्दा कम ५ सय ४६ आर एम मात्रै पाउने भए पछि युवाहरु अहिले आफुहरु ठगिएको भन्दै विचल्लीमा परेका छन् । उनीहरुले मेनपावरलाई १ लाख १९ हजार देखि १ लाख ३१ ह्जार सम्म पैसा वुझाएर मलेसिया गएका हुन् । नेपालवाट झुटो सम्झौता पत्र वनाएर आफुहरु ठगिएको भन्दै ३५ नेपाली युवाले नेपाल सरकारसंग कावेली हुमन रिसोर्स प्रालिलाई कार्वाही हुनुपर्ने माग समेत गरेका छन् । सम्झौता पत्रमा उल्लेख भएको भन्दा तीन गुना कम तलवमा काममा लगाईए पछि विचल्लीमा परेका युवाहरु मध्ये केही मेडिकल अनफिट छन भने ३ जनाको वाहेक अरुको भीषा समेत नभएको मलेसियावाट राजकुमार तेङ्युङले जनाएका छन् ।
भैरब आङ्ला, धरान
