मगरसंघ जापानको भैलो हुने

Read Time:1 Minute, 28 Second

 

नेपाल मगर संघ टोकाई जापानले हरेक बर्ष तिहार कार्यक्रमको आयोजना गरी देउसी भैले खेली रमाईलो गर्ने कार्यक्रको आयोजना गर्दै आईरहेकोछ ।  यस बर्ष पनि टोयोटा सिटीको आर्केडिया हलमा २ नोभेम्बर २०१३ का दिन बेलुकी ५ बजे देखि तिहार कार्यक्रमको आयोजना गरेको छ ।  तिहारमा जापानवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहीनीहरुलाई विभिन्न माध्यमद्धारा निमन्त्रणा गरीरहेको संस्थाका महासचिव कौडा बुढा मगरले राज्यसत्तालाई जानकारी गराए। कार्यक्रममा जापानमा संगठीत विभिन्न संघ संस्थालाई समेत पत्राचारगरी निमन्त्रणा पठाएको छ ।

     यस पटक तिहार कार्यक्रममा  दिदी बहिनीहरुलाई प्रबेश शुल्क नलाग्ने, विद्यार्थी लाई ५० प्रतिशत मात्र प्रबेश शुल्क लाग्ने र आफ्नो जातिय परम्परा झल्कने पोशाक  सहित उपस्थीत हुने महानुभावहरुलाई विशेष छुटको व्यवस्था भएको संस्थाका अध्यक्ष दिलीप राना मगरले बताए ।
श्याम राना 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %