चुनावी सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनाले कार्तिक ३ गते आइतबारबाट प्mल्याग मार्च सुरु गरेको छ । सैनिक प्रवक्ता सहायक रथि जगदिश पोख्रेलले एकीकृत निर्वाचन सुरक्षा योजनाअनुसार सेनाले निर्वाचनको एक महिनाअघि निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरी काम सुरु गरेको बताए । प्रवक्ता पोख्रेलका अनुसार सेनाले प्mल्याग मार्च र पेट्रोलिङको काम गर्नेछ । 
चुनाबी सुरक्षाका लागि सबै सुरक्षा निकाय सडकमा छन् भनेर जनतालाई जानकारी गराउनु हो । सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन नेपाली सेनाको ब्यवस्था तथा युद्ध कार्य महानिर्देशनालयले निर्वाचनको जिम्मेवारी सम्हाल्नेछ । त्यहाँ खडा गरिएको केन्द्रीय कमाण्डपोष्ट जंगी अड्डाले चुनाबी मैदानमा खटिने सेनासँग समन्वयको काम गर्नेछ ।
सुरक्षा योजना अनुसार पिकेटिङ, फ्लाग मार्चका लागि २५ हजार नेपाली सेना खटिएका छन् । चुनावका लागि केन्द्रदेखि जिल्ला तहसम्म रिजर्भ फौज २१ हजार २५ जना खटिनेछन् । यस्तै बम डिस्पोजलको लागि ९ सय ६० जना फौज खटाउने भएको छ । मतपत्र छपाई तथा परफोरेटिङ, मतपत्र, मतपेटिका तथा अन्य समग्री ढुवानीमा ७ हजार ३ सय ९० सैनिक खटिनेछन् । हवाई पेट्रोल तथा स्ट्रयाईकिङ फौज ५ वटा एयर बेस स्थापना तथा परिचालनका लागि ३ सय ५० जना छन् । निर्वाचन सेल तथा कमाण्डमा १ हजार २ सय ७० परिचालन हुनेछन् । नेपाल प्रहरीले सुरक्षा प्रदान गर्दै आएको बिमानस्थल लगायतका महत्वपुर्ण प्रतिष्ठानको सुरक्षा नेपाली सेनाले लिनेछ छ । त्यसमा ६ हजार नेपाली सेना खटिनेछन् ।
मतदान स्थलको भित्रि सुरक्षाबाहेक बाहिरको जिम्मेवारी पाएको सेनाले प्mल्याग मार्च कातिर्क ३ गते आजबाट सुरु गर्ने भएको हो । मंसिर ४ गते हुने संविधान सभा सदस्य निर्वाचन सुरक्षित र भयरहित बनाउनका लागि सेनाले आफ्नो तयारी पुरा भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
सेनाले एकीकृत निर्वाचन सुरक्षा योजनामा बर्गिकरण गरिए अनुसार सामान्य जिल्लामा मतदान स्थलबाहेकको बाहिरी सुरक्षा जिम्मेवारी सम्हाल्नेछ । अतिसंवेदनशिल तथा संवेदनशिल जिल्लामा मतदान स्थलको तेस्रो घेरामा सुरक्षा प्रदान गर्नेछ । यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले अहिले सुरक्षा प्रदान गर्दै आएको महत्वपुर्ण प्रतिष्ठान, संरचनाको सुरक्षा पनि नेपाली सेनाले गर्नेछ ।
चुनावका बेला आपतकालिन समयमा गरिनुपर्ने उद्धारमा जनशक्ति, उद्धार र सामाग्री तथा हेलिकप्टरको ब्यवस्थापन पनि सेनाले नै गर्नेछ । निर्वाचनको अवधीमा फेला पर्नसक्ने बिस्फोटक पदार्थलाई निस्तेज पार्न बम डिस्पोजल टोली परिचालन गर्नेछ । मतपत्र छपाईमा सेनाले सुरक्षा दिइरहेको छ । बिकट क्षेत्रमा मतपत्र, मतपेटिका, तथा निर्वाचन सामाग्री ढुवानीको काम पनि सेनाले गर्ने तय भएको छ । आवश्यकता अनुसार जिल्ला सुरक्षा समितिको निर्णय बमोजिम स्ट्राईकिङ र मोबाइल टोली परिचालन गरिनेछ । चुनावमा ६१ हजार ९ सय ९५ सैनिक खटिदैछन् ।
आनन्द गुरुङ
