विगत चार वर्ष देखि एव्लाष्टिक एमिनिया रोगबाट ग्रसित सुमित्रा खनाललाई आर्थीक सहयोग प्रदान गरिएको छ । घोराही–११ थारु गाउँ आफ्नो माइति घर बस्दै आएकी खनाललाई विभिन्न संघ सस्थाहरुले सहयोग प्रदान गरेको हो ।
उहाँलाई ग्रामीण महिला उत्थान केन्द्र र यस संस्थाबाट गठित बिभिन्न समुहद्धारा २१ हजार आठ सय १८, थारुगाउँबाट सात हजार पाँच सय , भ्यालीटप ईङ्लिस बोडिङ्गबाट तिन हजार ७५ रुपैयाँ, शान्ती निकेतन ईङ्लिस बोडिङ्गबाट तिन हजार, राप्ती यातायत बस ब्यवसायी समितिबाट चार हजार सहयोग प्रदान भएको हो । विगत चार वर्ष देखि एव्लाष्टिक एमिनिया रोगबाट ग्रसित खनालको हाल सम्म उपचारको क्रममा आठ लाख बरावरको खर्च भैसकेको छ । अझै खर्च हुने भएकोले सहयोगका लागि सबैसँग अनुरोध गरे । उनले सहयोगका लागि नबिल बैंक लि। शाखा कार्यालय घोराही स्थित आफ्नो खाता नं २६१००१७५०५७७७ जम्मा गरिदिनु हुन सबै सँग अनुरोध गरेकाछन् ।
देविका घर्ती मगर
