हालै बसेको संयुक्त रास्ट्रसंघिय जलबायु परिवर्तन् मन्चको बैठकले एक प्रतिबेदन सार्बजनिक गर्दै मानविय क्रियाकलापनै जलबायु परिवर्तनको मुख्य कारण रेहेको ठहर गरेको छ । यसभन्दा अघि अती ब्रिस्टी, खडेरी, बिस्वब्यापी तापक्रम बढदो सामुन्द्रिक सतह जस्ता जलबायु परिवर्तनका तत्वहरू प्राक्रितिक कारणले पनि हुनसक्ने केही बैज्ञनिकहरूको भनाइ थियो ।
तर यस प्रतिबेदनमा जलबायु परिवर्तनको प्रभवसाली कारण मानबीय क्रियाकलाप नै भएको ९५ प्रतिसत निस्चितताको साथ ठहर गरिएकोछ । यसको पिछाडी थुप्रै ठोस प्रमांणहरू रहेको प्रतिबेदनमा बाताइएको छ । यसमा अगाडी भनिएको छ- हावा, जमिन्, समुन्द्रमा यस भुमन्डलिय तापक्रम बृदीको प्रभाव स्पस्ट छ । गत पन्द्र बर्षमा जलवायु परिवर्तनमा सुस्तता देखिएतापनी हरितग्रिह्य ग्यास (कार्बन्डाइ अक्साइड, मिथेन, नाइट्रस अक्साइड) को लगातार उत्सर्जनले आउने दिनहरुमा पृथ्वीको तापक्रम अझ बढेर जानेछ भनी चेतावनी पनि दिएको छ । २१ औं सताब्दीको अन्त्यसम्ममा प्रिथ्बीको सतहको तापक्रमा १.५ डिग्री सेल्सियसले (सन १९५० लो तुलनामा)र समुन्द्रको सतह २६ सेन्टिमिटर देखि ८२ सेन्टिमिटरले ब्रिदी हुने अनुमान लगाइएको छ । तर यस क्रमलाई रोक्न हरितग्रिह्य ग्यास उत्सर्जनमा दिर्घकालिन र अनवरत कटौती ल्याउन अती जरुरी देखिन्छ ।
सरकारमा बसेर नितिनिर्मान गर्नेवालाहरूलाई जलबायु परिवर्तनको बैग्यानिक कारणको सन्छिप्त विवरण स्विडेनको राजधानीमा भएको हप्ताभरीको गम्भीर छलफलपछी सार्बजानिक गरिएको हो ।
बिगतका तीन सताब्दीमा पृथ्वीको सतहको तापक्रमा एक पछि अर्कोगर्दै बढेर आएको छ र यो सायद १४०० बर्षमा सबैभन्दा बढी तातेको हुनसक्छ । एकजना सम्योजक, किन दाहेले भने- ‘हाम्रो बैग्यानिक मुल्याङ्कनले के पत्ता लगाएको छ भने बातावरण र समुन्द्र तातेको छ, हिउँको मात्रा घटेको छ, औसत सामुन्द्रिक सतह बढदै छ, र हरितग्रिह्य ग्यासको सघनता चढदो छ ।’
अर्का सम्योजक प्राध्यापक थोमस स्टोकरले सन्चारकर्मीलाई बताए- ‘जलबायु परिवर्तनले मानिस र पारितन्त्र (इकोसिस्टम) का दुई प्राथमिक साधनहरू- जमिन र पानीलाई खतरा पुर्याएको छ । सन्छिप्तमा हामी मानिसहरूको एउटामात्र बासस्थान- पृथ्वीलाई जलबायु परिवर्तनले जोखिममा पारेको छ ।’
बिजय हितान , बेलायत
