यसपालि हङकङका तमु १५ पुषमा एक हुने !

Read Time:2 Minute, 57 Second

गुरुङ ( तमु) हरुको सबैभन्दा ठूलो चाड १५ पुष अर्थात ल्होसार/ल्होछार नजिकिदै छ । तर यो चाड नजिकदै गर्दा तमुहरुको मन भने चिरिक्क चर्किनेगर्छ । एकताको सन्देश प्रवाह गर्नुपर्ने यो चाडले बिखण्डनको आहट दिने हुँदा तमु एकताका हिमायतीहरु यसको आगमनसंगै  मन खिरिक्क पार्न बाध्य हुने गर्छन ।
तँ ठूलो म सानो भन्ने हिन्दु धर्मको कुरितिले केहि शताब्दि अघि गुरुङ समूदायमा भित्र्याएको बिखण्डनको राजनीतिले गाँजेको प्रभावबाट अहिले सम्म त्यो समुदाय मुक्त हुन सकिरहेकोछैन । त्यसो त तमु समुदायका बहुसंख्यक ब्यक्तिहरु यो फुटाल्ने राजनीति मन पराउँदैनन् ति सबै तमु एकताका निम्ति हरदम लागिरहेका देखिन्छन् । पुष १५ लाई कसरी सम्पूर्ण तमूको एकताको चाडको रुपमा विकास गर्न सकिन्छ भन्ने सोचिरहेकाछन् तर केहि स्वार्थी नेताहरु भने यसलाई एकताको चाडको रुपमा विकसित गर्न नचाहेको र एकता विरुद्ध षड्यन्त्र गरिरहेको आरोप त्यहि समुदायका बुद्धिजिवीहरु आरोप लगाउँछन् ।
हङकङमा पनि एकताका हिमायतीहरुको पवित्र कार्य लामो समय देखि चलिरहेकोछ । त्यसै अन्र्तगत तिनले कसरी यसलाई एकताको चाडको रुपमा विकास गर्न सकिन्छ भन्दै क्याम्पेन गरिरहेकाछन् । त्यसै क्रममा गएको महिना यो समूहले अन्र्तक्रिया समेत गरिसकेकोछ र आउने २० अक्टोवरमा त्यस्तै कार्यक्रम गरि नजिकिदैं गरेको १५ पुषलाई उपलब्धिमूलक बनाउन प्रयास गरिरहेकोछ ।
यो  आन्दोलनमा यहाँका प्रमुख संस्था तथा नेताहरुको समर्थन जनाईसकेकाछन् । अब बल तमु ट्यो ह्युल र तमु प्हे ल्यु संघको हातमा छ । यो दुई संस्थाले हाँ भन्नासाथ यो समस्या तत्काल हल हुने देखिन्छ । संयुक्त ल्होसार÷ल्होछार मनाउन पहल गरिरहेका केहि प्रवुद्धहरुको प्रयासले रंग ल्याउने देखिएकोछ । तिनले थालेको हस्ताक्षर संकलनमा हस्ताक्षर गर्ने यहाँका प्रमुख तमु नेताहरुको सहमति हेर्दा यसपालिको १५ पुषले हङकङमा तमु एकता ल्याउने संकेत गरेकोछ ।

हेर्नोस हस्ताक्षर गरेका तमु नेताहरुको नामावली-

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %