दशैंले निल्यो कि जनजातिले मारे खपाङ्गीलाई !

Read Time:15 Minute, 12 Second

नेपाली हिन्दुहरुको महान चाड भनेर भनिने दशैँ २०७० को अवसर पारेर पूर्व मन्त्री तथा आदिवासी जनजातिका एक अग्रज, निडर, प्रतिभाशाली र प्रभावशाली नेता, गोरे बहादुर खपांगी मगर र उनीसंग जोडिएको दशैँको बिषयमा दुइ हरफ लेख्ने जाँगर गरे, मैले । आशा लिएको छु राष्ट्रिय एकताको लागि यो लेखले एउटा भर्याङ्गको काम गर्नेछ ।

२०४६ को पहिलो जन आन्दोलनद्वारा प्राप्त उपलब्धिपछि आम अहिन्दुहरुलाई दशैँ बहिस्कार गर्न गोरे बहादुर खपांगीले अभियान नै चलाए । सिंगो आदिवासी जनजाति समुदाय भित्र यसले राम्रो प्रभाव पार्यो । प्रत्येक बर्षको बिजया दशमी भनिने दिन मूलुकको प्रमुख शहरहरु धरान, बुटवल र पोखरामा आम आदिवासी जनजाति अहिन्दुहरुले कालो झन्डा सहित नगर परिक्रमा गरि दशैको सांकेतिक बिरोध सम्म गर्ने गर्दथे, खपांगीको नेतृत्वमा । तर, दशैँको बिरुद्धमा त्यस्तो सांकेतिक बिरोध कार्यक्रमहरु हिजो आज त्यति कतै देखिदैन । यो हुनुमा कतै खपांगीको निस्कृयताले त होइन भन्ने प्रश्न उब्जिन सक्छ ।

पूर्व राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालमा राष्ट्रिय जनमुक्ति पार्टीबाट पनि ज्ञानेन्द्रले एक मन्त्री शिफारिस गर्न आह्वान गर्यो । पार्टीले मन्त्री पदको लागि पार्टीको त्यति बेलाका महासचिवको हैसियतले गोरे बहादुर खपांगीलाई शिफारिस गर्यो ।  तत्पश्चात, खपांगी ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासन कालको खेलकुद तथा बाल बालिका मन्त्रीको रुपमा नियुक्त हुन पुगे ।

आम आदिवासी जनजाति समुदायमा दशैँ पर्ब बहिस्कार गर्न पूर्व मेची देखि पश्चिम महाकाली सम्म अभियान नै चलाएर हिड्ने व्यक्ति गोरे बहादुर खपांगीले त्यहि बर्ष ज्ञानेन्द्र शाहले दशैँ टिका आह्वान गर्दा नारायणहिटी दरबार गएर ज्ञानेन्द्रको हातबाट दशैँ टिका ग्रहण गरे, खपांगीले । त्यो उनको एउटा बाध्यता र सम्झौता पनि रहेछ । खपांगीले त्यति बेलै ज्ञानेन्द्रसंग एउटा सम्झौता गरेको रहेछन्, जुन ऐतिहासिक सम्झौता एकात्मक मिडियाहरुले समाजमा ल्याउनै चाहेन । किनकि त्यो सम्झौता हिन्दुवादीहरुको लागि एउटा झट्का थियो । खपांगी र ज्ञानेन्द्रबीच सरकारी बिद्यालयहरुमा पढाइने संस्कृत बिषय हटाउन मन्त्री परिषदको बैठकबाट औपचारिक रुपमै पारित गर्ने । संस्कृत बिषय पाठ्यक्रम हट्नु र हटाउनुले आम नेपाली र आदिवासी जनजाति समुदायको लागि गौरवको बिषय थियो कि बिडम्बना, त्यो हामीले अहिले अनुभव गरिसकेका छौ ।

एकात्मक हिन्दुवाद र बाहुनवादको कडा बिरोध गर्दै आउने खपांगीको लागि त्यो दशैँ टिकाले उनको राजनीतिक करियर मै ठुलो धक्का लगाइयो । गौंडा कुरेर बसेका  नेपालका एकात्मकवादी पत्रकारहरुलाई खपांगीको दशैँ टिकाले राम्रै खुराक दिलायो । एकात्मकवादी पत्रकारहरुले खपांगीको चरित्र हत्या गर्ने देखि लिएर पाखण्डी र धोकेवाजको उपनाम पनि दिलाए उनलाई ।

आम आदिवासी जनजाति समुदायहरुले पनि त्यहि एकात्मकवादी पत्रकारहरुको कुरालाई समर्थन गर्न पुगे । खपांगीले आम लाखौ आदिवासी जनजातिहरु माथि दशैँको टिका लगाएर ठुलो धोखा दिएकै हो भनेर खपांगीको पुत्ला दहन सम्म पनि गर्न भ्याए आदिवासी जनजातिहरुले ।  मिडिया देखि लिएर आम नेपाली समाजमा खपांगीको बिरोधको कारणले खपांगीले दशैँ टिका लगाउनु परेको कारण सहितको स्पष्टिकरण दिने मौका सम्म पनि पाएनन् उनले ।

मेरो व्यक्तिगत बुझाइमा खपांगीले दशैँ टिका लगाएर कुनै गल्ति गरेका थिएनन् । उनि जस्तो एक निडर र जुझारु व्यक्तित्व जो सिंगो एकात्मकवाद हिन्दु राष्ट्र भनि तत्कालिन संबिधान २०४७ मै स्पष्ट उल्लेख भएको एकल धार्मिक हिन्दु राज्यको बिरोध गर्दै हिड्ने खपांगीले त्यहि हिन्दु राष्ट्र लेखिएको संबिधानलाई टेकेर मन्त्री बन्न पुग्नु नै खपांगी र उनको पार्टीको महान गल्ति थियो । उनले मन्त्री पदको सपथ गर्दा नै तत्कालिन संबिधान २०४७ ९संबैधानिक राजतन्त्र र हिन्दु राज्य० लाई सिरोपर राखी  इमान्दारिताका साथ पदको सदुपयोग गर्ने छु भनि सपथ खाएका थिए ।

त्यसैले, खपांगी त्यति बेला मन्त्री भैसकेपछि उनले तत्कालिन संविधानको हरेक  परिच्छेदहरुलाई अक्षरस पालन गरि सोहि अनुसार कार्य तथा कृयाकलावहरु गर्नुपर्ने बाध्यता उनलाई थियो तर, आम आदिवासी जनजातिहरुले गोरे बहादुर खपांगीको त्यति बेलाको दशैँ टिका लगाउने कदमलाई एकात्मकवादी मिडियाको पछि लागेर उनको बर्षौ देखिको राजनीतिक कार्यजीवन र नेपाली समाजलाई पुर्याएको योगदानलाई समाप्त पार्ने प्रयत्न गरियो । बिशेष गरि मगर समुदाय भित्रैबाट उनको गम्भीर बिरोध भयो, जुन भुल थियो भनि आत्मालोचना गर्नु पर्ने देखिन्छ ।

तत्कालिन शाही शासन कालका बहालवाला मन्त्री भैसकेपछि सोहि शासन पद्धतिलाई निर्देश गर्ने संबैधानिक राजतन्त्र र हिन्दु राज्यलाई स्विकार्नुपर्ने बाध्यता, संकट र अवस्था खापंगीलाई पर्यो । खपांगीले जस्तै अर्का बहालवाला मुस्लिम मन्त्री मोहम्मद मोहसिनले पनि दशैँ टिका लगाएकै थिए ज्ञानेन्द्रको हातबाट । जुन उनको धर्म इस्लामको लागि अमान्य हो । तर, मोहमद मोहसिनको बिषयमा पत्रकारहरुले नत कुनै टिका-टिप्पणी नै गरे नत मुस्लिम समुदायले पनि यसलाई कुनै ठुलो बिषय नै बनाए ।

०६२/०६३ को दोश्रो जन आन्दोलन पछि बनेको अन्तरिम संबिधानमा नेपाल सापेक्ष हिन्दु राष्ट्रलाई उल्त्याएर नेपाल धर्म निरपक्ष राष्ट्र भनि लेखियो । तर, त्यो कुरा कागजमा मात्रै सिमित छ । हिन्दुहरुको मात्र चाड दशैँलाई राज्यले अझै पनि बढी महत्व र बढावा दिनु, हिन्दुहरुको मात्र दशैँ पर्बलाई अझै पनि महान चाड भनिनु, दशैको अवसरमा सरकारी बिदा १५ दिन सम्म दिइनु र राज्यकोषबाट अर्बौ खर्च गरि दशैँ पर्ब मनाउनु जस्ता राज्यको यथावत कृयाकलावहरुले प्रष्ट पार्दछ कि नेपाल अन्तरिम संबिधानतस् धर्म निरपक्ष भनि लेखिए पनि ब्यबहारतस् हिन्दु राष्ट्र नै हो भन्ने प्रष्ट देखाउछ ।

धर्ममा राजनीति गर्नु राष्ट्रको लागि अति घातक चिज हो । तर, यथास्थितिवादी तत्वहरुले धर्ममा पनि यति धेरै राजनीति गर्दै छन् हाम्रो देशमा । त्यसको बिरुद्धमा गैर हिन्दुहरुले धर्ममा पनि समानता र समाबेशिता हुनु पर्ने आवश्यकता रहेको भनि कडा बिरोध गर्नुपर्ने अहिलेको आवश्यकता र बाध्यता हुन आएको छ ।   

शान्तिका अग्रदुत भनि विश्व मै परिचित भगवान बुद्ध जन्मेको मूलुक मै बुद्धको प्रत्यक्ष र अप्रत्यक्ष रुपमा ठुलो अपमान भएको छ । आदिवासी जनजाति समुदाय भित्र कै प्रमुख जातिहरुस् मगर, गुरुङ, थारु, तामांग, शेर्पा, ह्योल्मो, कुमाल, माझी, छन्त्याल, दुरा, लाप्चा, दराई, थकाली, राई, लिम्बु, सुनुवार, लेप्चा, मेचे, सन्ताल,  याक्खा लगायत अन्य जात जातिहरु हिन्दु बर्णाश्रम भित्र नपर्नेहरुलाई जबर्जस्त हिन्दु बनाउन खोज्नु नै धर्ममा पनि राजनीति लादेको ठहरिन्छ । होइन भने प्राय: सबै राजनीतिक दलका जिम्मेवार नेताहरुले ८० प्रतिशत भन्दा बढी हिन्दुहरु रहेको मूलुक नेपाल भनेर पटक पटक मिडियाको अन्तरवार्ताहरुमा किन भन्ने गरिन्छ ?

नेपालको २०६८को राष्ट्रिय जनगणनाले पनि प्रष्टै देखाएको छ कि बाहुन १२%, क्षेत्री १५% र अन्य हिन्दु धर्म मान्नेहरु १०% अथवा हिन्दु धर्मवालाम्बिहरु नेपालमा जम्मा ३७% भनेर । भने, उनीहरुले भन्दै आएको नेपालमा ८०% भन्दा बढी हिन्दुहरु छन् भन्नु के अन्य धर्मावलम्बिहरु माथि अन्याय गरिएको ठहरिदैन ? के यो बौद्ध, इस्लाम, क्रिश्चियन र किरात धर्म माथि अन्याय गरिएको होइन ? यस्ता अभिव्यक्तिहरुले मुलुकमा धार्मिक सहिष्णुता ल्याउछ कि धार्मिक बिचलन र द्वन्द ?

बिडम्बना नै भनौ, गोरे बहादुर खपांगीको अति नै ठुलो र अनपेक्षित दुर्घटना हुन पुग्यो । पूर्व मन्त्री भएको हैसियतले मात्र नभई एक होनहार आदिवासी जनजाति नेता भएको हैसियतले पनि उनको तुरुन्तै थप उपचारको लागि राज्य पक्षले उचित पहल गर्नुपर्ने थियो । तर, त्यसो पनि हुन सकेन । बिदेशमा बसोबास गर्ने आदिवासी जनजातिहरुको आर्थिक सहयोगले वहाँको सिंगापुरको एक अति नै ब्यबस्थित र सुबिधा सम्पन्न अस्पतालमा थप उपचार गराएर अहिले वहाँको स्वास्थ्यमा अनपेक्षित सुधार भैरहेको छ । वहाँको थप उपचारको लागि एक करोड एघार लाख रुपैयाँसम्म आर्थिक सहयोग गर्न सफल भएको छ, जुन यो ठुलो आर्थिक सहयोगले नेपालमा एउटा इतिहास नै बनाएको छ भन्ने मैले दाबी पनि गरेको छु । यसबाट पुन: प्रमाणित भएको छ कि गोरे बहादुर खपांगीले नेपालको आदिवासी जनजाति समुदाय र नेपाली समाजमा पुर्याएको अमुल्य योगदानको सम्मान भएको छ भन्ने कुरा ।

तर, बिडम्बना नै भनौ केहि सच्चा मानवीय व्यवहार भएका एकाध बाहुन क्षेत्री महानुभावहरु बाहेक राष्ट्रिय र अन्तरराष्ट्रिय स्तरमै स्थापित बाहुनहरुले नेतृत्व गर्ने संघ संस्थाहरुले खपांगीको थप उपचारमा एउटा सानो आर्थिक सहयोग गरेर मानवीयताको व्यवहार सम्म देखाउन चाहेनन् । तथापी, आदिवासी जनजाति मूलका विश्वासदीप तिगेला लिम्बुले नेतृत्व गरेको गैर आवासीय नेपाली संघ, ब्रुनाई, दुर्गा गुरुङ नेतृत्वको एनआरएन हङकङले मात्रै खपांगीको थप उपचारमा आर्थिक सहयोग गरेको सुचिमा देख्न सकिन्छ । यहाँ निर एउटा प्रश्न उब्जिन सक्छ, ‘के गैर आवासीय नेपाली संघ भित्र पनि जातिय विभेद गर्ने प्रथा बसेकै हो त ?’   

अन्तमा, अहिन्दुहरुले दशैँ बहिस्कार गर्ने बिषयमा एउटा थप प्रतिकृया दिन उचित ठान्दछु । नेपालको अन्तरिम संविधानले नेपालमा मनाइने सबै जात जातिहरुको चाड पर्वलाई समान र राष्ट्रिय पर्ब भनेर भनि सके पछि हिन्दुहरुले मनाउने चाड महान र बडा हुनु पर्ने र अहिन्दुहरुले मनाउने चाड सामान्य भन्ने हुनु हुदैन ।  अहिन्दुहरुले मनाउने चाड पर्बलाई पनि हिन्दुहरुले आत्म-सम्मान नगर्ने हो भने हिन्दुहरुको चाड दशैँलाई मात्र बढी महत्व दिनुको कुनै कारण देख्दिन ।  राष्ट्रिय एकता, स्वाधीनता र समृद्ध नेपालको झुठा बिक्कुल फुकेर हिड्ने ति राजनीतिक दलका नेताहरु प्रति मेरो गम्भीर ध्यानार्षण यहि छ । जब सम्म समाबेशिता र समानताको सिद्धान्त हरेक जात जातिहरुमा ब्यबहारत लागु गरिदैन तब सम्म मूलुकको समस्या थप जटिल बन्दै जाने भएकोले सम्पूर्ण सबै पक्ष गम्भीर भएर जात, धर्म र संकृतिमा बर्किकरण नगरेर सबैको हैसियत समान हुन् भन्ने नीति लिंदा राष्ट्रको लागि हितकर हुन्छ भन्ने मैले बिश्वास लिएको छु ।

-हुम सुनारी

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %