शुक्रबारबाट दशैका लागि सबै सरकारी कार्यालय बन्द हुँदैछन् । तर, निर्वाचन आयोगको काम भने झनभन्दा झन बढेको छ । मंसिर ४ गतेको संविधानसभा निर्वाचनको काम सक्न आयोग दिनरात नभनी काममा जुटिरहेको छ । आयोगले बिहीबारै देशभरका ६ हजार १ सय ४७ उम्मेदवारका लागि चुनावचिन्ह पनि वितरण गरेको छ । अब निर्वाचन क्षेत्रमा रहेका उम्मेद्वारको संख्याअनुसार प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै मतपत्र तयार हुनेछन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका राजनीतिक दलहरुलाई चुनावी चिन्ह प्रदान ग¥र्यो, विहिबार । आगामी संविधानसभा निर्वाचनका लागि असोज १७ गते प्रत्यक्षतर्फ उम्मेद्वार मनोनयन दर्ता गरेका राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारले जिल्ला निर्वाचन अधिकृतको कार्यलयमा गएर निर्वाचन चिन्ह लिएका हुन् । आयोगले अधिकाँश राजनीतिक दलहरुलाई उनीहरुले चाहेअनुसारको नै चुनाव चिन्ह प्रदान गरेको निर्वाचन आयोगका प्रवक्ता वीरबहादुर राई बताँउछन् ।
असोज १७ गते प्रत्यक्षतर्फ उम्मेद्वार मनोनयन दर्ता गर्न आह््वान गरेको आयोगले १८ गते उम्मेदवरको सुची प्रकाशन गरेको थियो । आयोगले १९ गते दलहरुलाई दाबी विरोधको समय दिएको थियो भने आयोगले २१ गते नामावली प्रकाशन गरेको थियो । आयोगले प्रत्यक्षतर्फको निर्वाचन सम्बन्धी कार्यक्रममा २२ गतेलाई उम्मेद्वार मनोनयन फिर्ताको लागि समय दिएको थियो । उम्मेद्वार मनोनयन फिर्तासँगै २३ गते अन्तिम नामावली प्रकाशन गरेको आयोगले विहिबार दलहरुलाई चुनाव चिन्ह प्रदान गर्दै प्रत्यक्षतर्फको सम्पुर्ण कार्यक्रम सकेको हो ।
संविधानसभा निर्वाचनका लागि पहिलो हुने निर्वाचन कार्यक्रम अर्थात प्रत्यक्ष्ँ निर्वाचनमा स्वतन्त्रसहित ६ हजार १ सय ४७ जना चुनावी मंैदानमा भिड््दैछन् । गत शनिबारबाट प्रत्यक्षतर्फको मतपत्र छाप्ने काम सुरु गरेको आयोगले असोज २६ बाट प्रत्यक्षतर्फका लागि पनि मतपत्र छाप्ने छ । प्रत्यक्ष निर्वाचनका लागि आयोगले जिल्ला निर्वाचन अधिकृतको कार्यलमा दर्ता भएको उम्मेद्वारको आधारमा निर्वाचन मतपत्र छाप्नु पर्ने छ, जुन आफैंमा झंझटीले काम पनि हो । आयोगले सबैभन्दा कम उम्मेद्वार दर्ता भएको मनाङमा ५ वटा चुनाव चिन्हसहितको मतपत्र छापे पुग्नेछ भने सबैभन्दा धेरै मनोनयन दर्ता भएको मोरङमा २ सय ७५ वटा चुनाव चिन्हसहितको मतपत्र छाप्नु पर्नेछ ।
प्रत्यक्षतर्फको निर्वाचन सम्बन्धी सबै काम सकेर मतपत्र छाप्नतर्फ आफ्नो ध्यान केन्द्रीत गरेको आयोगले प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयनको कार्यक्रम सफलतापुर्वकै सम्पन्न गरेको छ । त्यसो त निर्वाचन जति नजिकींदै गएको छ आयोगलाई आचारसंहिता कार्यन्वयन गराउनु उत्तिकै चुनौतीपुर्ण बन्दै गएको छ, पनि । निर्वाचन आयोगले चुनवा चिन्ह अंकीत कुनै टोपी, टिसर्ट लगायतका कुराहरुको रोक लगाएको छ भने निर्वाचनलाई लक्षित गरि चियापान लगायतका कामहरु गर्न पनि पुर्णरुपमा प्रतिबन्ध लगाएको छ ।
.आनन्द गुरुङ
