भ्रष्ट र अपराधी बायकट चुनाव

 आगामी संबिधान सभाको चुनावी मैदानमा राजनैतिक आडमा भ्रष्टाचार गरि जेल काटेकाहरुले प्रतिस्पर्धा गर्न पाउनेछैनन् । यो लाममा दलका बरिष्ठ नेताहरू बढ़ी छन् । ति हुन —कांग्रेस नेता चिरञ्जीबी वाग्ले ,खुमबहादुर खड्का गोबिन्दराज जोशी , मधेसी नेता जेपी गुप्ता , एमाओबादीका बालकृष्ण ढुंगेल र नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता । एमाओवादीका बालकृष्ण ढुंगेल र नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ताको सजाय प्रकृति भने अरूको भन्दा फरक छ । ओखलढुँगाका बालकृष्ण ढुंगेल एमाओवादीका पूर्व सभासद हुन । उनलाई जनयुद्दकालमा ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठको हत्या गरेको ठहर भएकोछ । 

 नेपाल सद्भावना पार्टीका श्यामसुन्दर गुप्ता पनि जेलमै छन् । उनि काठमाण्डौका ब्यापारी अपहरण गरी फिरौती मागेको आरोपमा थुनिएका हुन् । उनिहरू दुबैजना उमेद्वार बाट बञ्चित भए । चुनावकै मुखमा स्रोत नखुलेको सम्पति भेटिएकाले भ्रष्टाचारी ठहर गर्दै बिशेष अदालतले राजनैतिक भ्रष्टचारका डनहरू भनेर १० जना नेतालाइ टपटेनमा राखेकोछ । ति हुन्-

१, चिरञ्जीबी वाग्ले   

२, गोबिन्दराज जोशि

३, खुमबहादुर खड्का

४, रबिन्द्रनाथ शर्मा

५, कमल थापा

६, तरिणिदत् चटौत

७, जयप्रकाश प्रशाद गुप्ता

८, बिजय गच्छेदार

९, राधाकृष्ण मैनाली

१० गोपालमान श्रेष्ठ

 निर्वाचन आयोगको प्रस्तावित कानुनअनुसार अभियोग प्रमाणित भइसकेको ब्यक्तिले आउंदो संबिधानसभाको चुनाव लड्न नपाउने ब्यवस्था गरेकोले खुमबहादुर खड्का , जेपी गुप्ता , चिरञ्जीबि वाग्ले , बालकृष्ण ढुंगेल र श्यामसुन्दर गुप्ता जस्ताहरु त्यो कानुनको गलपासोमा पर्छन । तर निर्वाचन आयोग कानुन महाशाखाका सहसचिव मधुप्रसाद रेग्मीका अनुसार, कसैमाथि अभियोग लागेको छ र मुद्दा बिचारधीन छ भने उसले चुनाव लड्न पाउने ब्यवस्था छ ।

 यो वर्गमा पासपोर्ट बेचेको अभियोग लागेको पूर्बसभासद् बिश्वनाथप्रशाद यादव , गायत्री शाह , शिबपुजनराय, नारदमुनि राना थारु र डिबी कार्कीहरु पर्छन । यिनलाई अभियुक्तको उमेद्वारीको बिकल्प खुलै रहेतापनि यी कसैलाई पनि उनिहरु आबद्ध रहेको पार्टीले यस पटक चुनाव लडाएन । नारदमुनि राना थारु र डिबी कार्की एमालेको तर्फबाट सभासद बनेका थिए । कार्कीले इन्सपेक्टर बनाइ दिने लोभ देखाएर घुस खाएका थिए । यसबारेको मुद्दा अदालतमा बिचाराधीन छ ।

 स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको अभियोग लागेका कांग्रेस नेता गोबिन्दराज जोशीको मुद्दा पनि बिचाराधीन भएकाले तनहुँ क्षेत्र नं १ बाट प्रत्यक्ष तर्फको उमेद्वार दिन भएभरको शक्ति लगाएका थिए । तर पार्टी भित्र बाटै चर्को बिरोध आएपछि चुप बसे । जोशीलाई बिशेष अदालतले भ्रष्टाचारी ठहर गरे पनि सर्बोच्चमा उनको पुनराबेदन मुद्दा बिचाराधीन छ । जोशी स्रोत नखुलेको सम्पति भेटिएकाले भ्रष्टचारी ठहरमा वाग्ले पछिका दोस्रो नम्बरमा छन।

 खड्का भ्रष्टाचारमा जेल परेपछि कांग्रेसले दाङ १मा  उन्को श्रीमती शीला शर्मालाइ टिकट दिएपछि खड्काले जेलबाट शीलाले चुनाव नलड्ने भन्दै विज्ञप्ति जारी गरे । अहिले कांग्रेसले पार्वती डिसी चौधरीलाई टिकट दिएको छ । रबिन्द्रनाथ शर्मा र कमल थापा पञ्चायति पृष्टभूमिका बरिष्ठ नेता हुन । उनिहरूले पनि स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको भ्रष्टाचारी अभियोग लागेको बिशेष अदालतले ठहर गरि कमल थापालाइ सजाए दिईसकेकोछ भने रबिन्द्रनाथ शर्माको देहान्त भैसकेको छ । कमल थापा राप्रपा नेपालबाट समानुपातिकमा चुनावमा भाग लिदैछन् ।

 तारीणीदत्त चटौड गिरीजा प्रसाद कोइरालाको मन्त्रिपरिषदमा नागरिक तथा उड्ययन मन्त्रि थिए । उन्ले लाउडा कान्डमा करौडौ घोटाला गराएको आरोप छ। जयप्रकाश प्रशाद गुप्ताले पनि  स्रोत नखुलेको सम्पत्ति जम्मा गरेको भ्रष्टाचारी अभियोग लागेको बिशेष अदालतले ठहर गरि जेल सजाय पाएर केहि महिना अघिमात्रै छुटेका हुन, उनीपनि यो संबिधानसभामा उमेद्वार हुन बाट बन्चित भएकाछन् ।

 बिजय गच्छेदार, राधाकृष्ण मैनाली र गोपालमान श्रेष्ठ भ्रष्टाचारको सुचिमा बिशेष अदालतले राखेतापनि अहिलेसम्म कुनै कारबाहीमा परेका छैनन् । गच्छेदारले प्रत्यक्षबाट सुनसरी र मोरङ २ ठाउँबाट उमेद्वार दिएकाछन भने गोपालमान श्रेष्ठ स्याग्जा क्षेत्र नं २ बाट प्रत्यक्षमा उठेपनि स्थानिय कार्यकर्ताको चर्को बिरोधपछि समानुपातिकमा बसेकाछन् । उनि देउवा पक्षिय बरिष्ठ नेता तथा नेपाली कांग्रेस संसदिय दलको सदस्य समेत हुन ।

 निर्बाचन आयोगले फौजदारी अभियोग प्रमाणित भएको ६ बर्षपछि मात्र उम्मेदवार बन्न पाउने प्रावधान प्रस्ताव गरेको छ । जसको तीब्र बिरोध भैरहेको छ । तर माओबादी भने त्यसकै पक्षमा छ । किनभने उसको पार्टीमा धेरै नेता कार्यकर्ताहरु फौजदारी अभियोग लागेका छन् । यदि ६ बर्षपछि चुनाव लड्न दिने प्रस्ताव पारित भयो भने आउंदा चुनावमा बञ्चित भएपनि चिरञ्जीबी वाग्ले,खुमबहादुर खड्का,जेपी गुप्ता र बालकृष्ण ढुंगेलले अर्को चुनाव भने लड्न पाउंनेछन् । श्यामसुन्दर गुप्ता र बालकृष्ण ढुंगेल बाहेक बाँकि ८ जना नेपाली काँग्रेस , राप्रपा नेपाल , एनेकपा, एमाले, फोरम लोकतान्त्रिक र फोरम गणतान्त्रिकका बरिष्ठ र धेरै पटक मन्त्रिमा पुग्ने नेताहरू हुन ।

हुमबहादुर पचभैया मगर-ठिमुरे,घोर्लिखरक, पाल्पा

 

 

बालकृष्ण ढुंगेल : ओखलढुंगाका उज्जन र गणेश श्रेष्ठको हत्या गरेको ठहर

 

 

 

 

श्यामसुन्दर गुप्ता : ब्यापारी अपहरण गरी फिरौती मागेको आरोपमा  जेल चलान

 

(नोट:-चिरञ्जीबी वाग्ले देखि गोपालमान श्रेष्ठ सम्मका नेताहरू भने स्रोत नखुलेको सम्पति भेटिएकाले भ्रष्टाचारी ठहर भएका अनुहारहरू हुन । तर गच्छेदार,मैनाली र श्रेष्ठ लाइ भने कुनै कारबाहि भएको छैन ।)