पाल्पाका उम्मेद्वारलाई उम्मेद्वारी फिर्ता लिन अल्टिमेटम

Read Time:2 Minute, 28 Second

पाल्पा,असोज २३

 

नेकपा–माओवादीले पाल्पाका उम्मेद्वारलाई आफ्नो उम्मेद्वारी फिर्ता लिन अल्टिमेटम दिएको छ । माओवादी पाल्पाका इन्चार्जन धिरज राना र सेक्रेटरी नेवलकिसोर घर्तिले संयुक्त रुपमा हस्ताक्षर गरी जिल्लामा रहेको विभिन्न दलका पार्टीका उम्मेद्वारलाई अल्टिमेटम सहितको पत्र वुझाइएको छ ।  कार्तीक १ गतेसम्म उम्मेद्वारी फिर्ता लिन भनेको माओबादीले उम्मेद्धारी  फिर्ता नलिए जुनसुकै स्तरको कार्वाही गर्ने पत्र मार्फत धम्की समेत दिइएको छ ।

अहिलेको चुनाब  राष्ट्रघाती र जनघाती भएको र यसले सिक्कीमीकरणको राजनीतिक  प्रक्रियामा लाने भएकाले  जानेर वा अन्जानमा सक्रिय सहभागी हुने उम्मेदवारलाई  आफुहरुले  विनम्रताका साथ  अनुरोध गर्दे पत्र पठाएको बताउदै राष्ट्रिय सहमति निमार्ण गरी जनताको नयाँ संविधान निमार्णको सुनिश्चित गर्न २०७० कार्तिक १ गते भित्रमा आफ्नो उम्मेदवारी फिर्ता लिई सच्चा राष्ट्रवादी र सच्चा जनपक्षीय नेता बन्न तयार हुन सबै उम्मेद्धारलाई आग्रह गरेको छ । ।

विगतको संविधान सभाको विघटन संगै प्रमुख दलहरु असफल सावीत भएको भन्दै ती दलका मुख्य नेताहरुले पद, पैसा र प्रतिष्ठाको व्यक्तिवादी महत्वाकाँक्षाको लागि नेपालमा भारतीय विस्तारवादको नवउपनिवेश स्थापित गराएको आरोप समेत नेकपा–माओवादीले लगाएको छ ।
जनताको अधिकार जनताकै विरुद्ध प्रयोग गर्ने साम्रज्यवादी रणनीति अनुसार हुनगैरहेको यो चुनावी नाटकको मुख्य उद्देश्य नेपालको राष्ट्रिय स्वाधीनता ध्वस्त पारी नेपाललाई सिक्कीमीकरण गर्ने रहेको पत्रमा भनिएको छ  ।
देब पचभैया

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %