संविधानसभाका पूर्व अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा निर्वाचनका लागि सवै पक्षलाई सहमतिमा ल्याउनु पर्नेमा जोड दिएका छन् । नेम्वाङले प्रेस चौतारी झापाले दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै माओवादी र लिम्बुवान सहितका दलहरु पनि सहमतिमा आउनुपर्नेमा जोड दिए । एमाले इलाम २ का संविधानसभा निर्वाचनका उम्मेदवार समेत रहेका नेम्वाङले सरकारले यस कुरामा अझै पनि लचकताका साथ प्रस्तुत भएर वार्ता गर्नुपर्ने धारणा राखे । तोकिएकै मितिमा निर्वाचन गर्नेगरी त्यसयता विभिन्न हिसाबले सहमति गर्न सकिन ठाउँहरु रहनसक्ने नेम्वाङले वताए । सहमतिनै हुन नसकेपनि मुलुकलाई निकास दिन निर्वाचनलाई जसरी पनि सफल बनाएर छाड्नु पर्नेमा पनि उनले जोड दिए । एमालेले देश र समाजको विद्यमान यथार्थतालाई नियालेर बहुपहिचान सहितको संघीयताको पक्षमा आफ्नो धारणा अगाडि सारिसकेको पनि प्रष्ट्याए । संविधानसभा विघटनका एक प्रमुख पात्र नेम्वाङ चुनावी प्रचार प्रसारका लागि पुर्व आएको वताईएकोछ ।
भैरब आङ्ला
