नेकपा – माओवादीका अध्यक्ष मोहन बैद्यले बर्तमान सरकार र चारदलिय संयन्त्रका बिरुद्ध जनआन्दोलनको शुरुवात गर्न लागेको र सोही आन्दोलनको बलमा सडकबाटै संबिधान घोषणा गर्ने बताएका छन् ।
सुनसरीको इटहरीमा भइरहेको प्रशिक्षण कार्यक्रममा भाग लिन इटहरी आइपुगेका अध्यक्ष बैद्यले पत्रकारसँग कुरा गर्दै जनआन्दोलनको तयारी भइरहेको वताए । उनले हामी आन्दोलननको तयारीमा छौ त्यही आन्दोलनको बलमा सडकबाटै संबिधान घोषणा हुने वताए । उनले कहिलेदेखि र कस्तो खाले जनआन्दोलन शुरु गर्ने भन्ने बारेमा चाँही केहि पनि खुलाएनन् । आफुहरुको आन्दोलन शान्ती पूर्ण हुने र शान्ती पूर्ण आन्दोलनमा दमन गरिए शसस्त्र रुपमा भएपनि प्रतिकार गर्ने चेतावनी दिए । पत्रकारहरुसँग कुरा गर्दै आध्यक्ष बैद्यले आफुहरुको आन्दोलन सरकारको रबैयाका आधारमा हुने बताए । बैद्यले संबिधान सभाको निर्वाचनको बिरुद्धमा जनताको घरदैलोमा आप्mनो पार्टी जाने समेत बताए । पत्रकारसँग कुरा गर्दै अध्यक्ष बैद्यले संबिधान सभाको निर्वाचन हुनै नसक्ने र भएपनि संबिधान बनाउन नसक्ने ठोकुवा गरे । उनले ठूला दलका किचालोका कारण देश जर्जर भएको र बिदेसी हस्तक्षेप बढेको समेत बताए ।
भैरब आङ्ला, धरान
