राज्यसत्ताकर्मी सहित चार पत्रकार पुरस्कृत

Read Time:5 Minute, 48 Second

    सामुदायिक वन उपभोक्ता महासंघले वन, वातावरण तथा प्राकृतिक स्रोतसाधनको क्षेत्रमा कलम चलाएर महत्वपुर्ण योगदान दिएको भन्दै महासंघले त्यस अवसरमा चारजना पत्रकारहरुलाई पुरस्कृत गरेको छ । त्यस अवसरमा राप्ती पोष्ट दैनिकका शरद अधिकारी, बिबिसि नेपाली सेवाका बसुन्धरा गौतम, राज्यसत्ताका दाङ समाचारदाता तथा गणतन्त्र राष्ट्रिय दैनिकका देविका घर्ती मगर र रेडियो तुलसिपुरका शुसिल बस्नेतलाई नगदसहित कदरपत्रले पुरस्कृत गरिएको थियो । यो पुरस्कार एक कार्यक्रमको अवसरमा दिइएकोथियो ।
सामुदायिक वन उपभोक्ता महासंघ दाङको ‘प्राकृतिक स्रोत अध्ययन केन्द्र भवन’ को शिलान्यास अवसरमा पुरस्कार दिइएकोथियो । महासंघले आईतवार घोराहीमा भवन शिलान्यास तथा दशैं मिलन कार्यक्रमको आयोजना गरी महासंघका अध्यक्ष अप्सरा चापागाईले शिलान्यास गरेकोहो ।
    डेढ कट्ठा जग्गामा निर्माण गरिने तिन तलाको उक्त भवन जिल्लाका सामुदायिक वनका प्रत्ययेक उपभोक्ताहरुको प्रतिब्यक्ति २ रुपैयाँ सहयोग लिईने बताईएको छ । जिल्ला वन कार्यालयको १७ कट्ठा जग्गामध्येमा डेढ कट्ठामा भवन निर्माण गरी बाँकी जग्गा सँरक्षण गरी जिल्लाकै नमुना गृन पार्क बनाईने महासंघले जनाएको छ । जहाँ पब्लिक नर्सरी, नमुना पार्क, चौतारी लगायतका पुर्वाधारहरु निर्माण गरी नेपालकै नमुना बनाईने महासंघको भनाई छ ।
पहिलो चरणमा एक तलाको भवन अबको ६ महिनाभित्रै निर्माण पुरा गरीसक्ने बताईएको छ । जसमा अगाडीतिर २ वटा ब्यापारिक सटर, २ वटा कार्यालय प्रयोजनका लागि कोठा र बाँकी भागमा कम्तिमा पनि ५ सय जना मान्छे अटाउन सक्ने सभाहल निर्माण गरिने त्यस अवसरमा भवनबारे जानकारी दिँदै महासंघका सचिव हेमराज शर्माले जानकारी दिए । २८ लाखको लागतमा एक तला भवन तयार गरिने बताईएको छ । यसैगरी भवनको दोस्रो तलामा ४ वटा कोठा कार्यालय प्रयोजनका लागि प्रयोग गरिने, एउटा  मिनि सभाहल निर्माण गरिने बताईएको छ । त्यस्तै तेस्रो तलाको एकातिर कम्तिमा पनि १० जना अटाउन सक्ने गेष्ट हाउस र एकारित वन बातावरणको बारेमा अध्ययन गरिने ई–सूचना केन्द्र निर्माण गरिने सचिव शर्माले जानकारी दिए ।
सूचना केन्द्रमा कम्तिमा पनि २५ वटा कम्प्युटरहरु राखिने बताईएकोछ । केन्द्रलाई बन वातावरणबारे देशभरीका सबै सूचनाहरु प्राप्त गर्न सकिने केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको महासंघले जनाएको छ । तिन तला निर्माण गर्दासम्म एक करोड ४५ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । अन्तराष्ट्रियस्तरको भु–कम्पीय मापन गरी भवन निर्माण गर्न लागेको महासंघले जनाएको छ । भवन निमाण, फर्निचर लगायत अन्य सामाग्रीहरु गरेर पौने दुई करोड जम्मा लागत लाग्ने महासंघको भनाई छ । तिन तलाको भवन निर्माण पुरा हुन डेढ वर्ष लाग्ने बताईएको छ ।
    सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षता तथा महासंघका केन्द्रिय अध्यक्ष अप्सरा चापागाईको प्रमुख आतिथ्यता एवँ दाङका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको बिशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । महासंघका उपाध्यक्ष लोकेश्वरी अधिकारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा स्थानिय विकास अधिकारी बिष्णुप्रसाद पोखेरल, घोराही नगरपालिकाका कार्यकारी अधिकृत नेबबहादुर वली, एकिकृत नेकपा माओवादी दाङ क्षेत्र नम्बर ३ बाट संबिधानसभा निर्वाचनका उमेदवार निर्मल आचार्य, नेपाली काँगे्रसका तर्फबाट क्षेत्र नम्बर ३ का उमेदवार राजु खनाल, नेकपा एमालेका तर्फबाट क्षेत्र नम्बर ३ का उमेदवार लक्ष्मण आचार्य, नेकपा एमाले क्षेत्र नम्बर २ का उमेदवार शान्ता चौधरी, राष्ट्रिय जनमोर्चाका तर्फबाट क्षेत्र नम्बर ४ का उमेदवार भरत भण्डारी, महिला पैरवी मञ्चका अध्यक्ष कृष्णा राना, साबित्रा रानामगर, जानका केसी, शुसिला पौडेल लगायतले बोलेकाथिए । कार्यक्रमको सहजिकरण महासचिव लक्ष्मी योगीले गरेकाथिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %