रोल्पामा दिउँसै लुटपाट भो

Read Time:1 Minute, 10 Second

दशै तिहार नजिकीदै गर्दा समाजमा असुरक्षा अनुभूति बढिरहेकोबेला शनिवार रोल्पामा दिनदाहाडै लुटपाट भएको छ ।  बिहान ११ बजेर ५० मिनेट जाँदा एक ब्यापारीमाथि हातपात गरेकाछन् ।  लिबाङ ९ स्यानो लिबाङ बस्ने २६ बर्षिय होमबहादुर बुढालाई कुटपिट गरि लुटेका छन् ।  खसि बोका र कुखरा खरिद गर्ने शिलशिलामा जेदवांग ६ बादचौर पुगेका बुढाबाट ४ जनाको समूहमा आएका युवाहरुले २ वटा भाले र ८० हजार जति रकम लुटेको पिडितको भनाई छ ।
जेदबाङ ६ का रामबहादुर वली सहित ४ जनाको टोलीले धम्क्याई हातपात गरि नीजबाट भाले र रकम लुटेका थिए । लिवांग, होलेरी, सुलिचौर र  सुर्पालबाट एक दर्जन बढी प्रहरी टोली घटनास्थलमा खटेको डिएसपि ओम बहादुर राना मगरले बताए ।
देविका घर्ती मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %