संघिय समाजवादी पार्टीका अध्यक्ष असोक राईले जातीय पहिचान सहितको संविधान निर्माण गरी हरेक जातजातीको मर्यादालाई स्थापित गराउनका लागि संघिय समाजवादी पार्टीको स्थापना भएको वताए । अरुका लागि धेरै लड्यौ अव आफ्नै लागि लडौ भन्ने नाराकासाथ सङ्घीय समाजवादी पार्टी नेपालले पहिलोचोटी सुनसरीको इटहरीमा चुनावी सभामा सो कुरा वताएका हुन् । सो चुनावी सभालाई सम्वोधन गर्दे पार्टी अध्यक्ष अशोक राईले पहिलो संविधानसभामा यथास्थितिबादी पार्टीहरुका कारणले मुलुकले जातीय पहिचान सहितको संविधान प्राप्त गर्न नसकेको बताउदै त्यही आवश्यकतालाई महसुस गरेर सङ्घीय समाजवादी पार्टीको स्थापना गरिएको दावी गरे । सवैले आफ्नो जातीय पहिचानलाई स्थापित गर्नका लागि अवको चुनावमा संघिय समाजवादी पार्टीलाई जिताउनु पर्ने कुरामा जोड दिए ।
पुराना पार्टीहरुवीचमा रहेको आपसी अन्तर कलह र द्धन्दकै कारणले अघिल्लो संविधानसभा निर्वाचनपछिको संविधानसभाले नेपाली जनताले चाहेको संविधान आउन नसकेको तथा ती दलहरुकै किचलोका कारणले संविधानसभाले संविधान नदिई विघटन हुन पुगेको पनि अध्यक्ष राईले वताए । सोही अवसरमा अध्यक्ष राईले विभिन्न राजनीतिक दलबाट सङ्घीय समाजवादी पार्टीमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरुलाई सङ्घीय समाजवादी पार्टीभित्र स्वागत गर्दै टीका लगाएर पार्टीमा गोलबन्द हुन आग्रह गरे ।

त्यसैगरी चुनावी सभामा संघिय समाजवादी पार्टीका उपाध्यक्ष रकम चेम्जोङले अघिल्लो संविधानसभामा जातीय पहिचान सहितको संविधान जारी हुन धेरै हदसम्म सहमत बनिसकेको अवस्थामा नेपाली काङ्ग्रेस, नेकपा एमाले एनेकपा माओवादीले जातीय पहिचात सहितको सङ्घीयता नचाहेकै कारणले संविधान घोषणा हुन नसकेको वताए ।
त्यस्तै कार्यक्रममा केन्द्रिय निर्वाचन समितिका अध्यक्ष राजकुमार राईले विगतको संविधानसभा निर्वाचन पछि बनेको संविधानसभामा आम नेपाली जनताले चाहेको पहिचान सहितको संविधान निर्माण कार्य अन्तिम टुङ्गोमा पुगिसकेको अवस्थामा संङ्घीयता नचाहाने ठूला पार्टीकै कारणले सविधान नबनेकाले अव सङ्घीय समाजवादी पार्टीलाई जिताउनु पर्ने खाँचो औल्याए । संङ्घीय समाजवादी पार्टी सुनसरी २ नम्वर क्षेत्रीय अध्यक्ष नरबहादुर लामाको अध्यक्षतामा भएको चुनावी सभामा केन्द्रिय उपाध्यक्ष प्रेमकृष्ण पाठक, तेजकुमार आले, विश्वदिप लङ्देन लगायतले पनि वोलेका थिए ।
भैरव आङला , धरान
