उम्मेदवारी दर्ता रोक्न लिम्बुवान बन्द

Read Time:1 Minute, 31 Second

मञ्च सम्वद्ध संघिय  लिम्बुवान राज्य परिषदले गरेको बन्दको कारण अरुण पुर्ब नौ जिल्लाको जनजीवन प्रभावित रहयो ।  मसिर ४ गते हुने निर्वाचनको बिरोधमा रहेको परिषदले आज  हुने उमेद्धवार मनोनयनको बिषयमा असन्तुष्टि जनाउदै बन्द आव्हान गरेको हो ।  बन्दको कारण पुर्वको नौ जिल्लामा सवारीका साधन चलेनन । पुर्वको ताप्लेजुङ, पाचथर, ईलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लामा वन्दको प्रभाव परेको छ । वन्दको कारण दशैका लागि घर हिडने वटुवाहरुलाई समस्या भएको छ । मंसिर ४ गते हुने निर्वाचनको लागि उमेद्धवार मनोनयनको लक्षित गरी गरिएको वन्द भएकोले विभिन्न ठाउमा वाक्लो सुरक्षाकर्मी परिचालन गरिएकोथियो ।

 बिराटनगर तर्फ जाने सवारीका साधान भने फाट्टफुट्ट  चलेको पुर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय  इटहरीले जनाएको छ । बन्दका कारण झापामा समेत प्रभाव परेको छ । झापाको दमक बिर्तामोड लगायतका क्षेत्रमा समेत सवारीका साधन चल्न सकेका छैनन् ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %