सङ्घीय समाजवादीको ६० जिल्लाका बहुसाँस्कृतिक उम्मेदवार

Read Time:11 Minute, 1 Second

सङ्घीय समाजवादी पार्टीको असोज १४–१५ गतेसम्म बसेको स्थायी समिति बैठकले आसन्न संविधानसभा निर्वाचनमा पार्टीको तर्पmबाट ६० जिल्लाका निर्वाचन क्षेत्रका लागि प्रत्यक्षतर्पmको उम्मेदवारी चयन गरेको छ । पार्टीका उपाध्यक्ष तथा उम्मेदवार सिफारिश समितिका संयोजक विजय सुब्बाका अनुसार सबै जिल्लाका निर्वाचन क्षेत्रमा पार्टीको तर्पmबाट प्रत्यक्षमा उम्मेदवारी दिने जानकारी गराउँदै बाँकि जिल्लाका लागि उपयुक्त उम्मेदवार चयन अन्तिम चरणमा पुगेको जानकारी गराए । सुब्बाले भने, ‘समानुपातिक उम्मेदवार नामावली सबै जाति, भाषा, क्षेत्र, लिङ्ग, धर्मलगायत उत्पीडित, उपेक्षित समुदायका प्रतिनिधिलाई समेटेर सूची तयार पार्ने कार्य भइरहेको छ ।’
प्रत्यक्षतर्पm धनकुटा–१ मा पार्टीका उपाध्यक्ष तथा पुर्व मन्त्री रकम चेम्जोङ र धनकुटा–१ बाट पुर्व सभासद तथा केन्द्रीय निर्वाचन समितिका सभापति राजकुमार राई, ताप्लेजुङ–१ मा सुवास पालुङवा र ताप्लेजुङ–२ बाट योगराज लिम्बु (वनेम), पाँचथर–१ मा राजेन्द्रकुमार जबेगु र पाँचथर–२ बाट प्रवीण नेम्बाङ, इलाम–१ मा देबेन्द्रकुमार राई,  इलाम–२ मा बिनोदकुमार नेम्बाङ र इलाम–२ बाट ढालबहादुर गुरुङ, सखुवासभा–१ मा नारद राई, तेह्रथुम–१ बाट कपिलदेव सिङ्गक, भोजपुर–१ मा अजम्बर राई काङमाङ, सोलुखुम्बु–१ बाट भिमबहादुर राई, खोटाङ–२ बाट सनबहादुर राई, सिन्धुली–१ मा बुद्धराज राई, सिन्धुली–२ मा मेमबहादुर वाइबा र सिन्धुली–३ बाट जितबहादुर स्याङबोलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी नुवाकोट–१ मा सानुमाया लामा, नुवाकोट–२ मा लालसिँह तामाङ र नुवाकोट–३ बाट बिजयसिँह लोप्चन, काभ्रे–१ मा धनबहादुर तामाङ, काभ्रे–२ मा ज्ञानबहादुर तामाङ, काभ्रे–३ मा जगतलाल श्रेष्ठ र काभ्रे–४ बाट रामबहादुर तामाङ, सुनसरी–१ मा ध्यानबहादुर राई, सुनसरी–२    तेजकुमार आले, सुनसरी–३ मा अशोककुमार विश्वा, सुनसरी–४ मा भिखनीदेवी राम, सुनसरी–५ मा देवनाथप्रसाद यादव र सुनसरी–६ लालबहादुर प्रधान (मनोज), उदयपुर–१ मा प्रदिपकुमार चौधरी, उदयपुर–२ मा सिद्धान्त राई र उदयपुर–३ बिष्णुबहादुर राई दनुवार, चितवन–१ मा सुष्मा राई (थिङ), चितवन–२ मा जयराम रम्तेल,    चितवन–३ मा गणेश गिरी, चितवन–४ मालक्ष्मी बरामो र चितवन–५ बाट बिजय गुप्तालाई चयन गरिएको छ ।
त्यसैगरी, कैलाली–१    मा जनककुमार चौधरी, कैलाली–३ मा चन्द्रप्रकाश चौधरी, कैलाली–५ मा बसन्तबहादुर विश्वकर्मा र कैलाली–६ मा शिवनारायण राना थारु, बाजुरा–१ मा शेरबहादुर शाही, दार्चुला–१ मा ललितसिँह धामी क्षेत्री, डडेलधुरा–१    मा लक्ष्मण कोली (दलित), डोटी–१ मा यज्ञराज भट्ट र डोटी–२ बाट मानबहादुर थापा मगर, बझाङ–२ मा गम्भिरमणि रसाइली, ओखलढुङ्गा –१ मा जुद्धबहादुर राई र ओखलढुङ्गा–२ बाट धिरेन्द्र रुम्दाली, बागलुङ–१ मा यामबहादुर घर्ती मगर, बागलुङ–२ मा दलबहादुर खड्का र बागलुङ–३ बाट हिमाल पुनलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी, सप्तरी–२ मा ममता साह, सप्तरी–३ मा प्रभुनारायण यादव, सप्तरी–४ मा झबरप्रसाद राम, सप्तरी–५ मा बिनोद चौधरी, सप्तरी–६ बाट ताराकान्त राम, बाँके–१ मा झुपबहादुर बिष्ट मगर, बाँके–२ मा बेलबहादुर बोहरा क्षेत्री, बाँके–३ मा मो. इक्राम खाँ, बाँके–४ बाट झलकप्रकाश चन्द, दाङ–१ मा प्रकाशकुमार चौधरी, दाङ–२ मा कोइरालाप्रसाद चौधरी, दाङ–३ मा ज्ञानबहादुर बस्नेत, दाङ–४ मा पूर्णबहादुर खत्री र दाङ–३ बाट शालिकराम डाँगी, गोरखा–१ मा रामकुमार थापा मगर, गोरखा–२ मा गगनसिँह तामाङ र गोरखा–३ बाट चन्द्रबहादुर गुरुङलाई उम्मेदवारी चयन गरेको छ ।
त्यसैगरी, स्याङजा–१ मा हेमन्त थापामगर, स्याङजा–२ मा डिलबहादुर थापामगर र स्याङजा–३ बाट विनोद खवास, महोत्तरी–१ मा चन्द्रलाल क्याप्छाकी मगर, महोत्तरी–२ मा रामकृपाल सिँह, महोत्तरी–३ मा विमलेन्द्रकुमार सिँह, महोत्तरी–४ मा मोहम्मद युनुस अन्सारी, महोत्तरी–५ मा मोहम्मद नाजिर अन्सारी र महोत्तरी–६ बाट रामपुकार महतो, सिराहा–२ मा दिनेश यादव, सिराहा–३ मा उमेशचन्द्र साह, सिराहा–४ मा दिपेशकुमार मोक्तान र सिराहा–५ बाट प्रदीपकुमार लामा बम्जनलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी    सुर्खेत–१    मा गगनबहादुर सारु मगर, सुर्खेत–२ मा पञ्चशील रोकाय खाम्पा र सुर्खेत–३ धनबहादुर ठाडामगर, तनहुँ–१ मा कृष्णबहादुर गुरुङ, तनहुँ–२ मा हरिसिँह गुरुङ र तनहुँ–२ बाट सोमबहादुर नेपाली, धनुषा–१ मा    बुधेराय अमात, धनुषा–३ मा इन्द्रेशकुमार सिँह, धनुषा–५ मा दिनेशकुमार यादव, धनुषा–६ मा कृष्णकुमारी तामाङ र धनुषा–७ बाट रामप्रवेश यादव, दोलखा–१    मा भक्तबहादुर जिरेल र दोलखा–१    बाट हेपबहादुर थामीलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी, बर्दिया– १ मा कामेश्वर चौधरी, बर्दिया– २ मा सलिम सिद्धिकी, बर्दिया– ३ मा बाबुराम परियार र बर्दिया– १ बाट देवी विक, नवलपरासी–१ मा धनबहादुर गुरुङ, नवलपरासी–२ मा अमरबहादुर दर्लामी मगर, नवलपरासी–३ मा फूलमाया पुर्जा मगर, नवलपरासी–४ मा टिचन गुरुङ, नवलपरासी–५ मा खेमनारायण चौधरी, र नवलपरासी–६ बाट गङ्गाराम चौधरी, रोल्पा–१    मा सत्तमान घर्ती मगर र रोल्पा–१    बाट श्रीधन बुढा मगर, प्युठान–१ मा जयप्रकाश बुढा मगर र प्युठान–२ बाट  सुविन्द्र बुढा मगरलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी, जाजरकोट–१ मा दिपेन्द्रबहादुर पुन र जाजरकोट–२    बाट नरेन्द्र पुन, कालिकोट–१ मा धर्म दमाई, कपिलवस्तु–१ मा गोविन्द प्रसाद गैरे, कपिलवस्तु–२ मा लीलामणी यादव, कपिलवस्तु–३ मा रामप्रकाश यादव    र कपिलवस्तु–५ बाट सुदामा प्रसाद कुर्मी, मुस्ताङ–१ मा अनिल शेरचन, सिन्धुपाल्चोक–१ मा    सोमबहादुर तामाङ, सिन्धुपाल्चोक–२ मा नविन्द्रकुमार लामा र सिन्धुपाल्चोक–३ बाट दिलबहादुर तामाङलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी, बारा–१ मा    मन्जारुल हक अन्सारी, बारा–२ मा शम्भुप्रसाद चौधरी, बारा–३ मा कलामुद्दीन अन्सारी र बारा–५ बाट रीता चौरासिया, लमजुङ–१     मा पृथ्वीमान घले र लमजुङ–२ बाट खेमजङ गुरुङ, म्याग्दी–१ मा यामबहादुर किसान, रुकुम–मा सुरेन्द्र पुन मगर र रुकुम–२ बाट गोपाल पुन, मकवानपुर–१ मा इन्द्रबहादुर थोकर, मकवानपुर–२ मा विश्व आले मगर, मकवानपुर–३ मा शुभरत्न गोले तामाङ र मकवानपुर–४ मा विजय लामा थोकर, सल्यान–१ मा दलबहादुर पुन, रामेछाप–१ मा मेघबहादुर तामाङ र रामेछाप–२ मा सिंहबहादुर लामा, कञ्चनपुर–१ मा बलराम चौधरी, कञ्चनपुर–२ मा दिलबहादुर बोहरा, कञ्चनपुर–३ मा पुर्ण थापा मगर र कञ्चनपुर–४ बाट  यामबहादुर थापा मगरलाई उम्मेदवारी चयन गरिएको छ ।
त्यसैगरी सुनसरी जिल्लाका नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिनोद राई र पाँचथरका युवा नेता राजु शेर्मा लिम्बुलगायत दर्जनभन्दा बढी नेता कार्यकर्ता सङ्घीय समाजवादी पार्टीमा असोज १५ गते प्रवेश गरेका छन् । साथै असोज १६ गते बिहान १० बजे विभिन्न राजनीतिक दलहरुबाट सङ्घीय समाजवादी पार्टी, नेपालमा १०० भन्दा बढी नेता कार्यक्रता प्रवेश गर्ने कार्यक्रमसमेत रहेको कार्यालय सचिव कर्णबहादुर बुढामगरले जानकारी दिनु भएको छ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %