पुर्वी नेपालको सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रशासनले ल्याव परीक्षणको लागि बाहिर पठाउने सर्जरी विभागका प्रमुख प्रा.डा. सिएस अग्रवाललाई कारबाही नगरेपछि प्रतिष्ठान अन्तर्गतको कर्मचारी कल्याण समाजले उनको कार्यकक्षमा तालाबन्दी गरिदिएको छ । त्यस्तै, उनी कार्यरत पेइङ विभागको कार्याकक्षमा पनि तालाबन्दी गर्दै उनको दैनिक कार्यमासमेत रोक लगाएको छ । तालाबन्दीले प्रतिष्ठानले दिने दैनिक सेवाहरुमा भने कुनै अवरोध नआउनेसमेत समाजले जनाएको छ । समाजले आइतबार प्रतिष्ठान प्रशासनलाई असोज १५ गतेसम्म कारबाही गर्नु पर्ने माग राख्दै अल्टिमेटम दिएको थियो । अल्टिमेटमपछि पनि प्रशासनले कारबाहीको प्रक्रिया अघि नबढाएको निश्कर्षसहित तालाबन्दी गर्नु परेको समाजका अध्यक्ष सुजेन्द्र गोलेले बताए। अध्यक्ष गोलेले प्रशासनले पटक पटकको अपिल र सचेतना बाबजुद पनि प्रा।डा। अग्रवालले प्रतिष्ठान बाहिर ल्याव परीक्षणका लागि पठाएको पाइएको र पनि प्रशासनले कारबाही नगरेपछि समाजले तालाबन्दी गरेको बताए ।
प्रतिष्ठान प्रशासन अन्तर्गत अस्पताल निर्देशक प्रा।डा। अरविन्दा सिंन्हाले प्रतिष्ठानको नियमअनुसार छानविन चलिरहेको बताए । त्यस्तै उपकुलपति प्रा.डा. बलभद्रप्रसाद दासले तालाबन्दी गरेको विषयमा जानकारी नभएको तर, प्रक्रिया अनुसार अघि बढिरहँदा तालाबन्दी गर्नु न्यायोचित नभएको बताए ।
भैरब आङ्ला, धरान
बीपी कोइराला धरानमा तालावन्दी
Read Time:2 Minute, 7 Second
