नेपालको पूर्व क्षेत्रभरी यो हप्ता भएका २२ वटा सवारी दुर्घटनामा ९ जनाको ज्यान गएको छ भने ३५ जना घाइते भएका छन । असोज १० गते झापा जुरोपानी स्थित भित्री सडकमा स्कुटर दुर्घटना हुदा दमक १२ की लक्ष्मी कुटुम्ब सुब्बाको ज्यान गयो । १२ गते नै पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको धरमपुरमा रात्री बस दुर्घटना हुदा धनकुटा निवासी ४० बर्षीय लालचन लामा र काठमाण्डौका १८ बर्षीय सुभाष मगरको ज्यान गयो । १२ गते नै धरान १५ मा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा तेह्थुम बसन्तपुरका २३ बर्षीय मदन लिम्बुको ज्यान गयो । त्यस्तै सोही दिन झपा सतासी धाममा टकको ठक्करबाट स्थानिय ८ बर्षीय शन्देस तिम्सिनाको ज्यान गयो । असोज १३ गते सुनसरी इटहरी स्थित बुढीखोलामा ट्याक्टरले बिच्दा ६० बर्षीय रत्न बाहादुर लिम्बुको ज्यान गयो । १३ गते नै धनकुटामा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुदा ध्नकुटाका ३७ बर्षीय भुपेन राइ र २३ बार्षीय निरज लिम्बुको ज्यान गयो । सोही दिन मोरङ बेलबारीमा भएको दुर्घटनामा झापा अनारमनीका ५८ बर्षीय इन्द्र बाहादुर ढकालको ज्यान गएको पूर्व क्षेत्रिय टाफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । यसैबिच यो हप्ता पूर्व क्षेत्रभरी ३४ जना मापासे कारबाहीमा परे । उनीहरुबाट ३४ हजार राजश्व जम्मा भएको प्रहरीले जनाएको छ । त्यस्तै अन्य बिभिन्न कारबाही गर्दा १३ लाख ६६ हजार ९ सय राजश्व जम्मा भएको पूर्व क्षेत्रिय टाफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ ।
भैरब आङ्ला, धरान
एकै हप्तामा ९ जनाको मृत्यू ३५ घाईते
Read Time:2 Minute, 18 Second
