कर्तव्य ज्यान मुद्धामा खोटाङका १२ जना युवायुवती कारागार चलान भएका छन् । दोहोरो झडपका क्रममा महेश्वरी –४ का महेश राईको ज्यान गएपछि पक्राउ परेका महेश्वरी ३ का ७ युवा र ७ युवती मध्ये १२ जनालाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत खोटाङको आदेशमा महेश्वरी – ३ का ३४ बर्षका निर्मलकाजी राई, २२ बर्षका रामकुमार राई, १९ बर्षका सुरेन्द्र राई, १७ बर्षका सुरेश राई, १७ बर्षका निरकुमार राई र १८ बर्षका सुनिल राईलाई पुर्पक्षका लागि कारागार चलान गरिएको हो ।
यस्तै, १९ बर्षकी पुष्पा राई, १८ बर्षिया रमिला राई, १८ बर्षिया अञ्जु राई, १८ बर्षिया सुमित्रा राई, १७ बर्षिया ममता राई र १७ बर्षिया सुष्मा राईलाई पनि पुपक्र्षका लागि लागि कारागार चलान गरिएको प्रहरी नायब उपरिक्षक गोबिन्द शाहले बताए । १४ जनामध्ये बालक ठहरिएका दुई जनालाई भने बाल सुधार गृह पठाउने तयारी गरिएको छ । वालक ठहरिएका कारण धनकुमार भनिने सागर राई र कमला राईलाई भने बिराटनगरस्थित सुधारगृहमा पठाउने तयारी गरिएको प्रहरी नायब उपरिक्षक शाहको भनाई छ । गत भदौ ८ गते भएको दोहोरो झडपका क्रममा घाइते भएका महेशको चार दिनपछि भदौ ११ गते ज्यान गएपछि उनीहरु पक्राउ परेका थिए । छिमेकी गाबिस ऐसेलुखर्कमा लाग्ने शनिबारे हाट गएर घर फर्कदै गरेका महेशलाई निर्मल नेतृत्वको समुहले माक्पाको देसारेमा आक्रमण गरेको थियो । पुरानो रिसइबीमा उनीहरुले महेशमाथि कुटपिट गरेको प्रहरीले जनाएको छ ।
भैरब आङ्ला, धरान
खोटाङका १२ युवायुवती कारागार चलान
Read Time:2 Minute, 13 Second
