दमिनी भीर र बुद्धिबिलास

Read Time:6 Minute, 56 Second

नेपालका राणा शासक श्री ३ चन्द्र शमसेरले लाखौं नेपाली युवालाई जर्बजस्ती विश्वयुद्धमा लड्न पठाएका थिए । गाउँमा गल्लावाल पठाएर जनजाती युवालाई जर्बजस्ती भर्ती गरेर युद्धमा पठाइयो । युद्धमा लाखौं नेपाली जनजाती युवा मारिए । नेपालमा जनजाती पछाडी पर्नुको खास कारण उनीहरुको ठुलो तप्का युद्धमा मारिनु पनि हो । विश्वयुद्धमा फौज पठाएबापत अंग्रेजहरुले चन्द्रशमसेरलाई करोडौं रुपैया दिए । त्यही करोडौं रुपैयाँ चन्द्रशमसेरका सन्तानले बाँडेर लिए ।


 मदन शमसेरको भागमा त्यसबेलाको आठ–नौ करोड रुपैयाँ र अकुत हिरा जवहारात परेको पुराना जानकार बताउँछन् । यसरी नेपालका जनजातीलाई युद्धमा पठाएर, तिनका चेलीलाई विधवा बनाएर अनी उनीहरुलाई माथि उठन नदिएर अंग्रेजबाट कमाएको पैसाबाट स्थापित मदन पुरस्कारको घोषणा २०१२ साल असोज १० गते भएको थियो। पुरस्कार प्रदान गर्ने पहिलो घोषणा २०१३ सालमा भएको हो भने यसको वितरण २०१४ सालदेखि सुरू भएको हो। गुठीको निर्णयअनुसार प्रारम्भमा पुरस्कारको रकम रू ४००० रहेकोमा स्वर्णवर्षको अवसरमा २०६१ सालदेखि यसको रकम २००,००० भएको छ । पहिलोपटक “हाम्रो लोकसंस्कृति”का लागि सत्यमोहन जोशी, “जनरल भीमसेन थापा”का लागि चित्तरञ्जएन नेपाली तथा “अधिकविभव स्थिर विद्युत उत्पादक”का लागि बलराम जोशीले मदन पुरस्कार प्राप्त गर्नुभएको थियो ।

यस बर्षको मदन पुरस्कार ‘दमिनी भिर’ का लागि राजन मुकारुङलाई प्रदान गरिएको छ । पछिल्लो समयमा मदन पुरस्कार बिवादको घेरामा पर्दै आएको छ । दमिनी भिरले मदन पुरस्कार पाए पछि छापा र सामाजिक सञ्जालहरुमा बिभिन्न
खालका टिका टिप्पणीहरू भए । साहित्यकार खगेन्द्र संग्रौलाले प्रतिक्रिया दिने क्रममा भने मदन पुरस्कार मूलत सत्ताधारीले पाउने पुरस्कार हो । कहिलेकाहीँ अलिकति उदारता र दया देखाउन अलिकति परका लेखकलाई पनि दिने गरिन्छ । यसपटक पनि यस्तै भएको हो । त्यस हिसाबले राजन मुकारुङलाई चिट्ठा परेको छ । तिनलाई चिट्ठा परेकोमा म खुसी छु । साहित्यिक कृतिलाई एक नम्बर, दुई नम्बर, तीन नम्बर दिएर मूल्यांकन गर्ने कुनै गणितीय मानक हुदैन । तर, मेरो दृष्टिमा
दमिनी भीर गत वर्ष प्रकाशित राम्रा पुस्तकहरूमध्येमा पर्छ । जुन दृष्टिकोणबाट पुरस्कृत गरिएपनि यो किताब आफैँमा वजनदार छ । नेपाल परिवर्तनको प्रक्रियामा रहेको र सीमान्तकृत नागरिकले आफ्नो अधिकार खोजेको वेलामा किताबले उनीहरूको बोली बोलेको छ । उता समालोचल हरि अधिकारीले भने किताब पददै नपदी भने मदन पुरस्कारबारे चर्चा गर्नु नै बेकार छ । मेरो नजरमा यो कुनै महत्त्वको नभएर घटिया पुरस्कार हो । जहाँसम्म दमिनी भीर को कुरा छ, यो किताब मैले
पूरा पढेको छैन । पाँच–सात  पेज पढेपछि अगाडि बढ्नै सकिनँ । न मलाई किताबको विषयवस्तुमा चाख लाग्यो,न यसको कथ्यले आकर्षण गर्‍यो । समग्रमा यो एउटा सिकारु लेखकले लेखेको साधारण किताब हो । अहिले मदन पुरस्कार पाएपछि किताबको चर्चा बढेको छ । तर, मेरो चासो बढेको छैन । दोहोर्‍याएर पढ्ने प्रयास पनि गर्दिनँ । यसले समाजको सीमान्तकृत मानिसबारे लेख्न खोजेको भन्ने सुनेको छु । सायद दमाई परिवारको कथा होला । कमलमणि दीक्षितले जसलाई इच्छा लाग्छ, खल्तीबाट फुत्त निकालेर दिन्छन्
। जुन किताबलाई दिँदा आफूलाई फाइदा हुन्छ भन्ने सोच्छन्, त्यसैलाई दिन्छन् । मदन पुरस्कारको घोषणा हुन साथ हरेर बर्ष बिभिन्न टिका टिप्पणीहरू हुने गर्छन् । पक्कै पनि बर्ष भरि निस्केका उत्कृष्ट किताबलाई दिईनुपर्ने पुरस्कार कहिलेकाही अर्कै लेखकको पोल्टामा पर्छ । यस बर्ष पनि पुरस्कार दिनु भन्दा पहिले बजारमा जुन हल्ला चलेका थिए । त्यो भन्दा फरक किताबले पुरस्कार पाएको छ । दमिनी भिर आफैमा उत्कृष्ट किताब त थियो नै पछिल्लो चरणमा देशमा सङ्घिय मुद्दा चलिरहेको छ र किताबले पनि सङ्घिय मुद्दा उठाएको छ ।  सिमान्तकृत वर्गको कथामा लेखिएको छ उपन्यास । पुरस्कार पाए पछि राजन मुकारुङले भनेकाथिए । यो पुरस्कार मैले मात्र पाएको होईन सिमान्तकृत वर्गले पनि पाएका छन

जनपक्षीय साहित्यकारहरूलाई मदन पुरस्कार दिईदैन भन्ने आरोप लाग्ने गरेको छ । हुन पनि लैनिसंह बाङ्देल, केदारमान व्यथित,  भूपि शेरचन, युद्धप्रसाद मिश्र, विजय मल्ल, गोविन्द गोठाले, इन्द्रबहादुर राई, मनु ब्राजकी , बेन्जु शर्मा, खगेन्द्र संग्रौला , शारदा शर्माका कृतिहरू उतकृष्ट हुँदा हुँदै पनि मदन पुरस्कारको भागिदार भएनन । खगेन्द्र संग्रौलाको भनाई सापटी लिने हो भने राजन मुकारुङलाई चिट्ठा परेको छ । किनकी उनी पनि जनपक्षीय साहित्यकारहरूकै धारमा पर्छन । यस पाला जुन कृतिले मदन पुरस्कार पाउनु पर्ने थियो । त्यहि कृतिले प्राप्त गरेका छ ।

निश्चल काउचा

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %