नेपाली जनसम्पर्क समिति भारतले मंसिर ४ का लागि घोषित संविधानसभा निर्वाचनमा दरिलो सहभागिता जनाउन ५०१ सदस्यीय समिति गठन गरेको छ । हरियाणास्थित फतेहावादमा भारतभर रहेको समितिहरूको दुई दिने संयुक्त क्षेत्रीय अधिवेशनपछि अध्यक्ष बालकृष्ण पाण्डेको संयोजकत्वमा समिति गठन गरिएको हो । 
समितिमा क्षेत्रीय सभापति, पदाधिकारीलगायत तरूण, महिला, विद्यार्थी, मजदूरसम्वद्ध शाखाहरूका प्रतिनिधि छन् । नेपाली काँग्रेसको भारतस्थित शाखाले समिति गठन गरेपछि यहाँका नेपालीहरूमा देशभित्रको चुनावका पक्षमा माहोल सृजना गर्ने उत्साह बढेको छ । समितिका सदस्यहरूले भारतभर रहेका लाखौं नेपाली नागरिकलाई चुनावमा सहभागी भई मतदान गर्न प्रेरित गर्नुका साथै देशभित्र काँग्रेसलाई विजयी गराउन आ आफ्नो क्षेत्रमा सक्रिय सहभागिता जनाउने निर्णय गरेको अध्यक्ष बालकृष्ण पाण्डेल बताए । उनका अनुसार भारत प्रवासमा नेपाली काँग्रेसको पक्षमा माहोल ह्वात्तै बढिसकेको र यसले आगामी चुनावमा असर पार्ने बताए । नेपालको राजनीतिक परिवर्तनमा भारत प्रवासमा रहेका नेपालीहरूको निर्णायक भूमिका स्मरण गराउँदै देशको सबैजसो निर्वाचन क्षेत्रमा भारत प्रवासी नेपालीहरूको मत निर्णायक हुने उल्लेख गरे ।
संविधानसभा चुनावमा भारत प्रवासमा रहेका नेपालीहरूको समानुपातिकतर्फको सूचीमा नाम सिफारिश भएको र उनीहरू सबैलाई अन्तिम सूची हुँदै सभासद् बनाउनुपर्नेमा उनको जोड थियो । भारत प्रवासमा रहेको लाखौं मतको सम्मान गर्न आग्रस समेत गरे । कार्यक्रममा जनसम्पर्क समिति भारतका क्षेत्रीय सभापति, पदाधिकारीलगायतले आगामी चुनावमा काँग्रेसको पक्षमा माहोल बनाउन आफूहरू दृढतापूर्वक लाग्ने स्पष्ट पारे ।
दुई दिने क्षेत्रीय अधिवेशनका अलावा महामानव वीपी कोइरालाको सताब्दी जन्मजयन्ती समेत मनाइएको छ । हिजो साँझबाट शुरू कार्यक्रममा महामानव वीपी कोइरालाको तस्वीरमा फूलमाला चढाउनुका साथै उहाँको योगदानको चर्चा गरिएको थियो ।
आनन्द गुरुङ
चुनावमा काँग्रेसलाई प्रवासबाट पैसा जम्मा गर्ने समिति
Read Time:2 Minute, 58 Second
