२७ सेप्टेम्बर २०१३ शुक्रबारका दिन सारजाह स्थित अल मजाज पार्कमा मगर संघ युए ई सारजाह क्षेत्रीय समितिको छैठौ अधिवेशन सम्पन्न भएको छ । समितिका अध्यक्ष देब बहादुर सारु मगरको सभापतित्व, केन्द्रिय समितिका अध्यक्ष हस्त राज दर्लामी मगरको प्रमुख आतिथ्यता एवं केन्द्रिय समितिका महासचिव खेम रासकोटी मगर को विशेष आतिथ्यता उक्त अधिवेशन भएकोथियो । केन्द्रिय समितिका सहकोषाध्यक्ष टंक थापा मगर, अनुसाशन बिभाग प्रमुख कुम बहादुर सारु मगर, महिला बिभाग प्रमुख सुनिता थापा मगर र दुबई क्षेत्रीय समितिका अध्यक्ष नुरेन्द्र दिसुवा मगर पनि अधिवेशनका अतिथि थिए ।
कार्यक्रमको संचालन टोप रेस्मी मगर र गंगा छन्तेलले स्वागत गरेकाथिए ।

छैठौ अधिवेशनमा पुरानो कार्यसमिती बिघटन गरि २ बर्षको कार्यकालका लागी छैठौ अधिवेशन निर्वाचन समितिका संयोजक टोप रेस्मी मगर तथा सदस्य कुम सारु मगर र सुनिता थापा मगरको मातहतमा बहुमतका साथ निम्न कार्य समिती चयन गरिएको छ –
अध्यक्ष दिलिप रेस्मी मगर
उपाध्यक्ष गंगा छन्तेल मगर
सचिव देब पुलामी मगर
सहसचिव खड्क दर्लामी मगर
कोषाध्यक्ष दिपा थापा मगर
सदस्यहरु तिर्थ बहादुर रेस्मी मगर
तेज बहादुर दर्लामी मगर
देब बहादुर दर्लामी मगर
डम्बर छन्तेल मगर
खगेन्द्र बिरकट्टा मगर
हरिलाल छन्तेल मगर
अमर सोमै मगर
दयाराम सारु मगर
जंग सोमै मगर
बाबुराम ढेंगा मगर
चन्द्र आले मगर
शिब राम्जाली मगर
धन बहादुर गाहा मगर
-खेम रासकोटी मगर
