एकसय सात बर्षदेखि छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै आएका दार्जिलिङबासीको चाहनामा पुन विश्वासघात भएको छ ।
छुट्टै राज्य गोर्खाल्याण्ड बाहेक अरु केहीमा सम्झौता नहुने घोषणा गर्दै ३६ दिन लामो बन्द गरेको गोर्खा जनमुक्ति मोर्चाले फेरि गोर्खाल्याण्ड टेरिटोरिअल एडमिनिष्ट्रेशन् (जिटिए) मैं चित्त बुझाएकोछ । शुक्रबार सम्पन्न जिटिए बैठकले मोर्चाकै अगुवा नेता तथा सभासद विनय तामाङलाई कार्यकारी प्रशासकमा नियुक्त गर्न सिफारिस गर्दै गोर्खाल्याण्ड राज्यको साटो सीमित अधिकारप्राप्त यही स्वायत्त निकायलाई निरन्तरता दिने निर्णय गरेको हो । मोर्चाको यस्तो निर्र्णयलाई गोर्खाल्याण्ड पक्षधरले चर्को विरोध गरेकाछन ्।
आन्ध्रप्रदेशबाट तेलङ्गनालाई छुट्टै राज्यको मान्यता दिइने भएपछि जुलाई अन्तिमबाट गोर्खाल्याण्ड आन्दोलन चर्कीएको थियो । आन्दोलन चर्कीए लगत्तै जिटिए कार्यकारी प्रशासकबाट मोर्चा अध्यक्ष विमल गुरुङले राजीनामा दिएपछि रिक्त पदमा तामाङलाई नियुक्त गर्न सिफारिस गरिएको थियो । आन्दोलन ब्यु‘तिएलगत्तै पक्राउ परी अगष्ट २१ देखि बाग्राकोट जेलमा रहेका तामाङ जिटिए कार्यकारी प्रशासक भएपछि पश्चिम बंगाल सरकारले उनलाई तत्काल रिहा गरि दार्जीलिङ पठाउने तयारी थालेको छ । तामाङ सिक्किमबाट पक्राउ परेका थिए ।
उच्च र सर्वोच्च न्यायालयबाट पार्टीलाई पर्नसक्ने आघात, पश्चिम बंगाल सरकारको कठोर अडान र पार्टीका शीर्ष नेता पक्राउ पर्नसक्ने भयले मोर्चाले जिटिए स्वीकार्दै तामाङलाई कार्यकारी प्रशासकमा नियुक्त गर्ने बाटो रोजेको हो । आन्दोलनमा साथ दिएका सबैको चाहना जिटिए त्याग्ने भएपनि मोर्चाले आइपर्ने संकट टार्न तत्काललाई मात्र जिटिए स्वीकार्ने बताएकोछ । मोर्चाका एक जिम्मेवार नेताले भने, आन्दोलन अघि बढाउन कतैबाट थप बाधा अड्चन नआओस भनेर मात्रै जिटिएमा अल्झिनुपरेको हो, हाम्रो लक्ष्य त गोर्खाल्याण्ड नैं हो ।

समग्र दार्जीलिङको विकासका लागि गठित भनिएको जिटिए बंगाल सरकारले नेपालीभाषी झुक्याउने पासोमात्र रहेको उल्लेख गर्दै उनले कालान्तरमा यसलाई त्याग्ने र गोर्खाल्याण्ड आन्दोलन सशक्त पार्ने योजना रहेको बताए । ४५ सदस्य रहने जिटिए मा शुक्रवारको बैठकमा मुख्य सचिव आर.डी. मीनासहित ३४ को मात्र उपस्थिति थियो । आन्दोलन चर्किएपछि पक्राउ परेका १० सभासद जेलमैं रहेका र पूर्व कार्यकारी प्रशासक विमल गुरुङ अनुपस्थित भएकाले जिटिएका सबै पदाधिकारी उपस्थित नभएका हुन् ।
छुट्टै राज्यबाहेक अरु केहीमा आन्दोलन नरोक्ने मोर्चाले बताउँदै आएपनि फेरी जटिएमैं अल्झिएपछि दार्र्जििलङक्षेत्रका वासिन्दा रुष्ट भएका छन् । एकसय सात बर्षदेखि गोर्खाल्याण्डको आवाज उठिरहे पनि नेताहरुले वीच–वीचमा यस्तैखालका धोकाधडीमा अल्झिदा दार्जीिलङक्षेत्रका नेपालीभाषी अन्यायमा पर्नुपरेको उनीहरुको गुनासो छ। जिटिए मैं अल्झिनेभए त्यत्तिका दिन किन दार्जीलिङ बन्द गरेर जनतालाई सास्ती दिनुपथ्र्यो सामाजिक सञ्जाल फेसवुकमा स्मृति राईले लेखेकी छन्, छुट्टै राज्यका नाममा आन्दोलन गर्दै जहिल्यै पनि जनतालाई नेताहरुले यसरी धोका दिन मिल्दैन ।
आनन्द गुरुङ
