आदिवासी थारु समुदायका महिलाको महान पर्व जितिया विविध कार्यक्रम गरी मनाइदै छ । बुधबार साँझबाट विधिवत रुपमा सुरु भएको जितिया पर्वमा विशेष गरी तराईका थारु महिलाहरु निराहार ब्रत बस्ने गर्छन । जितिया पर्व तराईमा बसोबास गर्ने विशेष गरी थारु संस्कृतिको पर्वमध्येको एउटा मुख्य पर्व हो । यसलाई जितमहान व्रत पनि भनिन्छ । यो पर्व आश्विन कृष्ण पक्षको अष्टमी तिथिका दिन तराई÷ मधेसका प्रत्येक गाउँघर, शहरका महिलाले मनाउँछन । पुत्रको सुखशान्ति र चिरायुका लागि महिलाले उपवास र प्राचीन विधिद्धारा पूजा गरेर यो पर्व मनाउने चलन रहेको छ । आजको दिन थारु महिलाहरु जितिया मनाउन माइती जाने गर्दछन भने माइती जान नसकेका महिलाहरु घरमै साथीहरु जमघट भएर शुभकामना आदानप्रदान गरी जितिया मनाउने गर्दछन ।
भैरब आङ्ला, धरान
थारु महिलाको तीज जितिय पर्व मनाईदै
Read Time:1 Minute, 14 Second
