जनमुक्तिको जनलहर

Read Time:1 Minute, 9 Second

तनहूँ क्षेत्र नं.१ चोकचिसापानी गा.बि.स. वडा नं. ७ सिमलचौरमा मंगलबार बसेको एक नागरिक भेलाले दिल बहादुर पुलामीको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय जनमुक्ति पार्टी चोकचिसापानी गाउँ कार्य समिति गठन गरिको छ । राष्ट्रिय जनमुक्ति पार्टी संघिय परिषद सदस्य हस्त बहादुर थापा मगरको रोहभारमा गठित उक्त समितिको अन्य पदाधिकारीहरुमा क्रमशः उपाध्यक्ष पदमा चित्र बहादुर आले मगर, सचिव ईन्द्र सारुमगर, सहसचिव कुश माया राना, कोषध्यक्ष पदमा ज्ञान माया पुलामी मगर रहनु भएको छ । यसै गरि सदस्यहरुमा बिष्णु पुलामी , शुकमाया , शिबा गल्याङ, मिलान गल्याङ, सम्भु मगर र मोहन राना मगर रहेका छन । कार्यक्रम धिरबहादुर गल्याङ मगरको सभपतित्वमा सम्पन्न भएको थियो ।

के.आले

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %