एयर डाइनेष्टीको हेलिकोप्टर आज विहान लुक्ला विमानस्थलमा दुर्घटना भएको छ । काठमाडौंबाट लुक्लाका लागि उडेको हेलिकोप्टर लुक्ला विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान साढे आठ बजे दुर्घटना भएको हो । हेलिकोप्टर अवतरण गर्ने क्रममा सुरक्षाका लागि घेरिएको तारमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँचजना घाइते भएका छन् । घाइतेमध्ये दावा ग्याल्वो शेपाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । अन्य घाइतेहरुमा क्याप्टेन अरुण मल्ल, लाक्पा सोनाम शेर्पा, अनिता शेर्पा र सोनाम शेर्पा छन् । घाइतेहरुलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ । दुर्घटनाको विस्तृत विस्तृत विवरण आउन बाँकी छ ।
आनन्द गुरुङ
हेलिकोप्टर दुर्घनटामा चारजना घाइते
Read Time:1 Minute, 8 Second
