रेग्मी आज राती अमेरीका उड्दै

Read Time:3 Minute, 27 Second

मन्त्रीरपरिषद्का अध्यक्ष खिलराज रेग्मी संयुक्त राष्ट्रसङ्घको ६८ औं महासभामा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज राति अमेरिकाको न्युयोर्क प्रस्थान गर्दैछन् ।
सन २०१५ पछिका विकासका विषय र तिनको कार्यान्वयन सम्भावना’ शीर्षकमा यही असोज १ गतेदेखि उक्त महासभा सुरु भएको हो । अध्यक्ष रेग्मीले यही असोज १२ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उक्त मन्त्रालयका अनुसार सोही दिन उनले  संयुक्त राष्ट्र सङ्घका महासचिव बानकी मुन र भारतका प्रधानमन्त्री मनमोहन सिंहसँग बेग्लाबेग्ला भेटवार्ता गर्नुका साथै त्यहॉ रहेका नेपाली समुदायस‘ग आयोजना हुने अन्तक्रिया कार्यक्रममा सहभागी हुनेछन् ।
महासभामा यसपटक दिगो विकास, सहस्राब्दी विकास लक्ष्य तथा शारीरिकरूपमा अक्षम व्यक्तिहरूका लागि अन्तराष्ट्रियरूपमा स्वीकार गरिएका विकासका लक्ष्य, अन्तराष्ट्रिय शान्ति, सुरक्षा, शान्ति निर्माणमा महिलाहरूको आर्थिक सशक्तीकरण, अति कम विकसित मुलुकहरूको स्तरोन्नति, सन २०१५ पछिका विकासका विषय र तिनको कार्यान्वयन संभावना, अन्तराष्ट्रिय आप्रवासन, मानवअधिकारको प्रवद्र्धन, मानवीय सहायताको प्रभावकारी समन्वयको प्रयास, न्याय र अन्तराष्ट्रिय कानुनको प्रवद्र्धन, आणविक निःशस्त्रीकरण, लागू औषध नियन्त्रण, अपराध रोकथाम, अन्तराष्ट्रिय आतङ्कवादका जुनसुकै स्वरूप र विधिविरुद्धको लडाई लगायत विश्वव्यापी हित र चासोका विषयमा छलफल हुनेछ ।
अध्यक्ष रेग्मीका साथ उनकी धर्मपत्नी शान्ता रेग्मी, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव उद्धव बॉस्कोटा, शिष्टाचार महापाल कालीप्रसाद पोखरेल र अध्यक्ष रेग्मीका स्वकीय सचिव प्रकाश रेग्मी अमेरिका जॉदैछन् ।
परराष्ट्र सचिव अर्जुनबहादुर थापा र न्युयोर्कस्थित् संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत अन्य अधिकारी अध्यक्ष रेग्मी नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा न्यूयोर्कबाट सामेल हुने परराष्ट्र मन्त्रालयले बुधबार सॉझ जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष रेग्मी यही असोज १५ गते स्वदेश फर्कनुपर्ने कार्यक्रम छ ।
आनन्द गुरुङ्ग

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %