विश्व स्तब्ध पारेको दुर्घटनाको रहस्यमय मौनता

Read Time:9 Minute, 35 Second

दुर्घटनामा परेकाहरुको शालिक

ताप्लेजुङ जिल्लाको उत्तरी लेलेप गाँउ विकास समितिको घुन्सास्थित ढुङ्जे पहाड फलेमा हृदयविदारक हेलिकप्टर दूर्घटना भई २४ जना राष्ट्रिय तथा अन्तराष्ट्रिय विशिष्ट व्यक्तित्वहरुले ज्यान गुमाएको असोज ७ गते सात बर्ष पूरा भएको छ ।
२०६३ साल असोज ७ गते श्री एयरको हेलिकप्टर दूर्घटना हुँदा नेपाल  र नेपालीको मात्र नभएर प्रकृति संरक्षणका विशिष्ट व्यक्तित्वहरुलाई समेत गुमाएर विश्वलाई नै अपुरणीय क्षति पुगेको थियो ।
त्यो दिन धर्ती, माटो तथा पहाड चट्टानका विषयमा अध्ययन चर्चा गर्ने र त्यही विषयमा समय बिताउने साथै रमाउने विशिष्ट व्यक्तित्वहरु अकल्पनीय दुर्घटनाको शिकार बन्न पुगे । हेलिकप्टर दुर्घटनाको मूख्य कारण पत्ता लाग्न नसकी ढुङ्जे पहाडको गर्भमै सीमित बन्न पुगेको छ ।
त्यस दिनको पीडादायी दुःखद दूर्घटनामा राजनीतिक, कुटनीतिक तथा प्रशासनिक क्षेत्रका हस्तीहरु सहित नेपालका विख्यात संरक्षणविद सहित २४ जनाको मृत्यु भएको थियो । अहिले अतुलनीय योगदानको सम्मान ताजा छ भने उनीहरुलाई सम्झना मात्रै गर्न सकिन्छ ।
धर्ती र प्रकृतिको बारेमा गहन अध्ययन गरेका र सम्बन्धित विषयमा पोख्त विद्धानहरु यसै धर्तीको छातीमा बजारिएर कहिल्यै नफर्कने गरी चीर निन्द्रामा परे तर बिडम्बना जहाज के कति कारणले दूर्घटना हुन पुग्यो यतिका बर्ष वितिसक्दा पनि कारण पत्ता लाग्न सकेको छैन । घटना भए लगत्तै सरकारले पुनरावेदन अदालत पाटनका तत्कालिन मूख्य न्यायाधिस जनकेशरीराज पण्डितको संयोजकत्वमा घटना बारे अध्ययन गर्न कार्यदल गठन गरेको भएपनि कार्यदलले प्रकृतिलाई दोष दिदैं आङ्खनो प्रतिवेदन बुझाएको थियो । यता स्थानीयबासी र सरोकारवालाहरुले भने सो प्रतिवेदनले घटनाको गहिरो अध्ययन अनुसन्धान गर्न नसकेको प्रतिक्रिया छ ।
दूर्घटनाका कारण त्यसबेला वन मन्त्रालय लगायत सम्बन्धित क्षेत्र केही समय नेतृत्व विहीन  हुन पुगेका थिए । नेपालले वन, वन्यजन्तु राष्ट्रिय निकुञ्ज र आरक्षहरुको सिंगो संरक्षण र व्यवस्थापनको क्षेत्रमा विश्वसामू परिचित तथा मुलुककै प्रतिनित्व गर्ने विशेषज्ञता हासिल गरेका विशिष्ट व्यक्तित्वहरुको असमायिक निधनले सिर्जना गरेको रिक्तता अहिले पनि छ ।

ह्दय विदारक हेलिकप्टर दूर्घटनामा परी तत्कालिन वन राज्यमन्त्री गोपाल राई, उनकी धर्मपत्नी मीना राई, भूगोल शास्त्री तथा विश्व वन्यजन्तु कोषका सल्लाहकार डाक्टर हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका प्रतिनिधि डा। चन्द्रप्रसाद गुरुङ, विश्व वन्यजन्तु कोष अमेरिकी पूर्वी हिमालय कार्यक्रमका प्रवन्ध निर्देशक मिङमानोर्वु शेर्पाको निधन भएको थियो । यस्तै राष्ट्रिय निकुञ्ज तथा विश्व वन्यजन्तु संरक्षण विभागका पूर्व महानिर्देशक एवं एशियाली गैंडा विशेषज्ञ समूहका उपाध्यक्ष डा। तीर्थमान मास्के, नेपालका लागि फिनल्याण्डका कार्यबाहक राजदुत पौली मस्टोनेन, अमेरिकी सहयोग नियोग ९युएसएड० का नायव निर्देशक मार्गरेट अलेक्जेण्ड, विश्व वन्यजन्तु कोष बेलायतका संयोजक जेनिफर हेट्ली लगायत देशका प्रशासनिक क्षेत्रका वरिष्ठ अधिकारी, कुटनीतिक नियोग, सञ्चारकर्मी र व्यवसायी समेतले ज्यान गुमाउनु परेको थियो ।
नेपालको संरक्षण क्षेत्रमा उल्लेख्य सहयोग पुर्याउँदै आएका र समुदायलाई संरक्षणको मालिक बनाउने दिशामा दशकौं देखि अभ्यास गरिरहेका साथै त्यही अभियानमा ईटा थप्न घुन्सा पुगेका विदेशी कुटनीतिक तथा संरक्षणविद्हरु समेतले ज्यान गुमाउनु पर्यो ।
सन् १९९८ मा स्थापना भएको कञ्चनजङघा संरक्षण क्षेत्रको व्यवस्थापन विश्वमै पहिलो पटक स्थानीय समुदायलाई हस्तान्तरण गर्ने ऐतिहासिक थालनीको क्रममा जहाज दूर्घटना भएकोथियो ।  उक्त दूर्घटना भएको तीन बर्षपछि मात्र नेपाल सरकारले दिवंगत विशिष्ट नागरिकहरुप्रति उचित सम्मान गर्दै राष्ट्रिय संरक्षण दिवसको घोषणा गरेर प्रत्येक बर्ष असोज ७ गते नेपालमा संरक्षण दिवस मनाउन थालिएको छ ।
संरक्षण दिवसको अवसरमा सरकारले विभिन्न कार्यक्रम गरी मनाउने गरेकोे छ भने यता दूर्घटना भएको जिल्ला ताप्लेजुङमा कञ्चनजङघ संरक्षण क्षेत्र आयोजनाले आफ्नो कार्यालयमा तस्वीर तथा शालिगमा माल्र्यापण र दीप प्रज्वलन गरि मनाउने आयोजना प्रवन्धक सुजितकुमार श्रेष्ठले बताए । प्रवन्धक श्रेष्ठले कञ्चनजङघ संरक्षण क्षेत्र आयोजनाका चार गाविसहरु तापेथोक, लेलेप, ओलाङचुङगोला र याम्फुदिनमा पनि त्यहाँ रहेका मठ–मन्दिर र गुम्बाहरुमा दीप प्रज्वलन साथै पूजापाठ गरिने जानकारी दिए ।
यस्तै जिल्लामा रहेको गैरसरकारी संस्था वातावरण संरक्षण तथा विकास मञ्चले पनि दिवसको अवसरमा  विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने गर्छ । संस्थाका अध्यक्ष चन्द्रप्रकाश भट्टराईका अनुसार वातावरण तथा संरक्षणको क्षेत्रमा समाचार र लेख सम्प्रेषण गरी योगदान पुर्याउने एक जना पत्रकारलाई सम्मान गरिन्छ भने माध्यमिक विद्यालय स्तरीय खुल्ला निवन्ध प्रतियोगिता लगायतका कार्यक्रम गरी मनाइन्छ ।

यता यिनै विशिष्ट व्यक्तित्वहरुको अनुकरणीय योगदान, त्याग र जीवन बलिदान समेतबाट कञ्चनजङघ संरक्षण क्षेत्र आयोजनाको स्थापना भएयता सम्बन्धित आयोजना अन्तर्गत धेरै उपलब्धिहरु भएको जनाइएको छ । आयोजनाले प्रमुख उपलब्धिको रुपमा आयोजनाको आङ्खनै नियमावली कञ्चनजङघ संरक्षण क्षेत्र आयोजना परिषद नियमावली–२०६४ लाई मानेको छ भने उक्त क्षेत्रको ७२ हजार ८८६ हेक्टर क्षेत्रफलको वन जङगललाई २५ वटा स्थानीय समुदायमा रहेको सामुदायिक वन उपभोक्ता समूह मार्फत हस्तान्तरण भएको आयोजना प्रवन्धक श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार १३ लाख रु बराबर रकमको सामुदायिक वन व्यवस्थापन अध्यक्षको स्थापना, २८ लाख रु बराबर रकमको मानौ पशु तथा वन्यजन्तु तस्करी न्यूनिकरण अध्ययनकोषको स्थापना, पशुधन कार्यक्रम अन्तर्गत हिम चितुवा संरक्षण उपसमिति मार्फत परिचालन हुने ३६ लाख रुपियाको स्थापना भएका छन् । यसैगरी विद्यालय, मठ–मन्दिर, बाटोघाटो, पुल आदिको मर्मत सुधार भएको छ । दूर्लभ हिमचितुवा, नाउर, रेडपाण्डाको संरक्षणमा पहल पुगेको छ भने संरक्षण क्षेत्र अन्तर्गत चार गविसका एक हजार २५७ घरघुरीले लघु जलविद्युत उत्पादनबाट तथा सौर्य उर्जाबाट बत्ती बाल्न पाएका आयोजनाले जनाएको छ ।
उक्त दिन नेपाल टेलीभिजनले दुर्घटनामा परी मृत्यु भएका सञ्चारकर्मीको समझनामा प्रत्येक बर्ष हेमसुनिल पत्रकारीता पुरस्कार वितरण गर्दै आएको छ ।
आनन्द गुरुङ

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %