पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत १७ विद्यार्थी संगठनले दोस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत देशभरका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् ।
विद्यार्थीले बिहान ८ देखि ९ बजेसम्म राजधानीसहित देशभरका म्याम्पस अगाडि मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले क्याम्पस अगाडिबाट सरकारी गाडी सञ्चालनमा रोक लगाएका थिए । विद्यार्थीको प्रदर्शनका कारण राजधानीको ट्राफिक व्यवस्थापन केहीबेर प्रभावित भएको थियो । यसअघि हिजो बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले तीन दिने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । विद्यार्थीले भोलि बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने र शुक्रबार बालुवाटारस्थित मन्त्रिपरिाष्द अध्यक्षको सरकारी निवास घेराउन गर्ने कार्यक्रम छ । आयल निगम सञ्चालक समितिको गत २६ भदौ २६ गतेको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलमा ३÷३ रुपैयाँले मूल्यवृद्धि गरेपछि विद्यार्थी संगठनहरु त्यसविरुद्ध आन्दोलित भएका हुन् ।
उता अख्तियार दुरपयोग अनुसन्धान आयोगले निगम घाटामा रहेको अवस्थामा कर्मचारीलाई बोनस बॉडेरे अनियमितता गरेको भन्दै नेपाल आय निगम आयोगका निर्देशक सहित चार जना अधिकारीलाई नियन्त्रणमा लिएर छानबीन सुरु गरेको छ । अखितयारले निगमका निर्देशक सुरेशकुमार अग्रवाल, नागेन्द्र शाह, प्रबन्धक कमलप्रसाद शर्मा र नेबप्रसाद काप्mलेलाई मंगलबार निगमको कार्यलयबाटै पक्राउ गरी हिरासतमा राखेको छ ।
आनन्द गुरुङ
