गत १२ मे को चौथो अधिवेशनमा धाँधली भयो भन्दै संस्थापनसंग रिसाएर समानान्तर एनआरएन बनाएर हिंडेका अध्यक्ष दुर्गा गुरुङका भान्जा भारतीय सेनाका भूतपूर्व कर्नेल मिनबहादुर गुरुङको समूह एनआरएन मुलधारमा आएर मिसिएकोछ । हिंजो साँझ कंगन रेस्टुरेन्टमा आयोजन गरिएको ‘समझदारी कार्यक्रम’ मा दुबै अध्यक्षले हस्ताक्षर गरिएको बिज्ञप्ति साटासाट गरेर मिलेको घोषणा गरेकाथिए । मीनले मामा–भान्जाबीच एकछिन समस्या आएपनि अन्ततः मिलेको बताएकाथिए । सो अवरसरमा दुर्गा पनि बोलेकाथिए।
एनआरएन एशिया–प्रशान्त क्षेत्रीय, अन्र्तराष्ट्रिय समन्वय समिति संयोजक यमकुमार गुरुङ, अन्र्तराष्ट्रिय समन्वय समिति सदस्यद्धय जेएन ज्ञवाली र कृष्ण पाण्डेको रोहबरमा उक्त मिलेमतो गराइएकोथियो । मीनको नेतृत्वमा असन्तुष्ट पक्षले चौथो अधिवेशन गराउने भन्दै चौथो अधिवेशन तयारी समिति समेत बनाएकोथियो ।
स्रोतको भनाईमा लामो प्रयास गर्दापनि नमिलेको दुई पक्षलाई आगामी अन्र्तराष्ट्रिय अध्यक्ष पदका प्रत्यासी उद्योगपति शेष घले आएर मिल्न बाध्य पारेकाथिए । त्यसपछि दुई पक्षबीच भएको ५ सेप्तेम्बरको बैठकमा मिल्ने सहमति भएकोथियो । यद्यपि कार्यक्रममा एनआरएन सचिव विनय शाहले दुई पक्षलाई मिलाउन भूमिका खेलेको भन्दै विद्रोहीका सहयोगी किसन राई, धरम गुरुङ र सन्तोष राई र संस्थापनका ढुण्डीराज ज्ञवाली, कोमल गुरुङ र स्वंय आफुलाई धन्यवाद दिएकाथिए ।

