पुर्वमा २ बर्षमा करिब ४ सय हतियार जफत

Read Time:2 Minute, 51 Second

 संविधानसभा चुनावको तयारी तिब्र भइरहेका बेला पूर्वी क्षेत्रको प्रहरीलाई भने साना हतियारको प्रयोग मुख्य सुरक्षा चुनौतीका रुपमा देखिएको छ । आगामी कातिक १ गतेवाट एक महिनाका लागि निर्वाचन केन्द्रित सुरक्षा योजना लागु गर्ने तयारी भइरहेका बेला पूर्वी नेपालमा साना हतियारको प्रयोग बढेको पाइएको हो ।
पूर्व क्षेत्रीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उपेन्द्रकान्त अर्यालले निर्वाचनको मुखमा शान्ति सुरक्षा  कार्यक्रम सफल गराउन बिशेष  सुरक्षा योजना लागु हुने अवस्थामा पूर्वी क्षेत्रमा साना हतियारको विगविगी बढेको देखिनुले सुरक्षा चुनौती बढाइदिएको बताएकाछन् । दुई बर्षकोे अवधिमा प्रहरीले नियन्त्रणमा लिएको संख्याका आधारमा साना हतियार मुख्य सुरक्षा चुनौतीका रुपमा खडा भएको प्रहरीको भनाइ छ । प्रहरी श्रोतका अनुसार दुई बर्षको  अवधिमा पुर्वी क्षेत्रमा प्रहरीले ३ सय ७९ थान साना हतियार नियन्त्रणमा लिएको छ ।
प्रहरीको तथ्याङक अनुसार हतियार सवैभन्दा बढी झापाबाट ७८ थान, सिरहाबाट ७२ थान, मोरङबाट ६८ र सुनसरीबाट ६२ थान नियन्त्रणमा लिइएको हो । भारतसँग खुल्ला सीमानाका कारण नेपालमा सजिलै साना हतियार ओसार–प्रसार तथा कारोवार हुने गरेको प्रहरीको भनाइ छ । यसैगरी उता आगामी मंसीर ४ मा हुने संविधानसभाको निर्वाचनलाई मध्यनजर गर्दै झापा जिल्ला प्रशासनले इजाजत प्राप्त हतियारहरु प्रहरीलाई बुझाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय झापाले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभिन्न व्यक्ति तथा संस्थासंग रहेका इजाजतप्राप्त हतियार यही असोज ६ गतेभित्रमा स्थानीय प्रहरी कार्यालयमा अनिवार्य रुपमा बुझाउन आग्रह गरेको हो । निर्वाचनलाई धाँधलीरहित बनाउन शान्ति सुरक्षामा ध्यान दिन प्रहरीले यस्तो योजना अघि बढाएको उल्लेख छ ।
भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %