मगर महिलाका हस्तकला प्रदर्शनी हुने

Read Time:2 Minute, 5 Second

 नेपाल मगर महिला संघ जिल्ला समिती कास्कीले ‘मगर महिला हस्तकला प्रदर्शनी’ आयोजना गर्ने भएको छ । नेपाल मगर महिला संघको १६ औं स्थापना दिवसका अवसर पारि समितीले कार्यक्रम गर्न लागेको हो ।

समिति अन्र्तगत रहेका ३५ वटा इकाईमा रहेका मगर महिलाहरुले बनाएका विभिन्न हस्तकलाका सामानहरु प्रर्दशनीमा रहने छन् । मगर महिलाहरुमा लकुरे रहेका ज्ञान, सिप र क्षमतालाई बाहिर ल्याउन, तीनलाई व्यवसायिक रुपम कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष फुलकुमारी थापामगरले जानकारी दिइन् ।

उनले हस्तकला प्रर्दशनीका अवसरमा मगर भाषा र सँस्कृतिको प्रर्बन तथा विकासकाबारे छलफल समेत गरिने बताइन् । त्यस अवसरमा मगर भाषा तथा मगरका विविध विषयसँग केन्द्रित रहेर लेखिएका किताब र पत्रपत्रिका पनि राखिने समितिका सचिव नुनु रानामगरले बताइन् ।

पोखरा रंगशाला अगाडि रहेको नेपाल मगर संघ कास्कीको सभाहल असोज ३ गते बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म हस्तकला प्रर्दशनी हुनेछ । प्रर्दशनी हेर्न प्रवेश शुल्क एक रुपैंया तिर्नुपर्नेछ भने स्टल राख्न चहानेले पाँच सय शुल्क समितिलाई बुझाउनुपर्नेछ ।

प्रर्दशनीमा विभिन्न हस्तकलाका सामान, मगर समुदायमा प्रचलित खानाका परिकारहरु, विभिन्न जडीबुटीहरु पनि राखिनेछ । कार्यक्रममा मगर समुदायमा प्रचलित सोरठी, कौरा, झ्याउरे नाच देखाइनुका साथै लोकदोहोरी गीत पनि प्रस्तुत गरिनेछ ।

मनोज

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %