बर्षा र सहकालका देवता इन्द्रको पुजाआजा गरी मनाइने काठमाण्डौ उपत्यकाको पूरानो पर्व इन्द्र जात्रा शूरु भएको छ । काठमाण्डौको बसन्तपुरमा मानन्धर समुदायले काभ्रेको नालाबाट ल्याइएको लिंगोबिधिपूर्बक ठड्याएपछि जात्रा शुरु भएको मानिन्छ । लिंगो ठड्याएपछि सत्यको जीतको प्रतिक स्वरुप इन्द्रध्वजा फहराउने चलन पनि रहेको छ । लिंगो ठड्याउनु अगाडी किलागलका ज्यापु समुदायले बिशेष तान्त्रिक देबी नाच प्रस्तुत गर्ने गर्दछन ।
८ दिनसम्म मनाइने यो जात्रामा बिभिन्न प्रकारका नाचगान तथा रथयात्रा र देबी देवताको पूजा हुन्छ । लिगो उठाउदा सहजै उठेको र नढलेको कारण राष्ट्रलाइ शुभ हुने संकेत रहेको मानन्धर समुदायका सदस्यको भनाइ छ । जात्रा प्रत्येक बर्षको भाद्र द्वादसी बाट शुरु हुने गर्छ । इन्द्र जात्राकै अवसरमा उपत्यकाको हनुमान ढोका लगायतका क्षेत्रमा जीवित देबीका रुपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ ।
जगन शर्मा
