अख्तियार धनकुटामा पनि आयो

Read Time:1 Minute, 18 Second

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पुर्वाञ्चल क्षेत्रिय कार्यालय पुर्वको सदरमुकाम भनेर चिनिने धनकुटामा औपचारिक रुपमा संचालनमा आएको छ । धनकुटा वडा नम्बर ७ स्थित सिरुवानीमा मंगलावरदेखि आयोगको क्षेत्रिय कार्यालय संचालनमा आएको हो । आयोगको क्षेत्रिय कार्यालय प्रमुख तोकिएका सह-सचिव हरिराज पन्त सहितका कर्मचारी आजैदेखी कार्यालयमा हाजिर भएकाछन ।

आर्थिक वर्ष०७०।७१ को वजेटमा प्रत्येक बिकास क्षेत्रमा अख्तियारको कार्यालय संचालन गर्ने घोषणा गरे अनुरुप पुर्वाञ्चलका १६ जिल्लालाइ लक्षित गरि धनकुटामा अख्तियारको क्षेत्रिय कार्यालय स्थापना भएको हो । आयोगको कार्यालयमा हाल सहसचिवको नेतृत्वमा २५ जना निजामति कर्मचारी,१० जना प्रहरी, ५जना कार्यालय सहयोगी र दुइ चालक गरि ४२ जना कर्मचारीको दरबन्दी राखिएको छ ।

भैरब आङ्ला, धरान

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %