तनहूँमा उर्लिए जनमुक्ती युबाहरु

Read Time:4 Minute, 4 Second

 राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन राष्ट्रिय युबा मोर्चा तनहूँको तेस्रो जिल्ला अबिधेशन दमौलीमा भब्यताका साथ सम्पन्न भयो । २०० जना भन्दा बदी युबाहरुको सहभागीता रहेको उक्त जिल्ला अबिधेशन कार्यक्रमले तनहूँ जनमुक्तिमा ठूलै हौसला र उत्साहको तरङ्ग ल्याएको छ । सो अबसरमा कँगे्रस ,माऔबादी र एमाले परित्याग गरि  ५७ जना युबाहरुको जत्था जनमुक्तिमा प्रबेश गरेका छन । “अरुको निम्त हामी धेरै लड्यौ, अब हामी आफ्नै लागि लड्छौं” भन्दै प्रतिबद्घताका साथ युबाहरुका जनमुक्तिमा प्रबेशका हुन ।

नव प्रबेशी युबहरुलाई पार्टीका बरिष्ठ उपाधक्ष्य शिव लाल थापा मगरले सदस्यता प्रदान गर्नुका साथै टिका लगाई स्वागत गरेका थिए । बिबिध साँस्कृतिक झ्याँकी सहित सम्पन्न सो अबिधेशनले यमबहादुर सारु मगरको अध्यक्षतामा १२ सदसीय राष्ट्रिय युबा मोर्चा तनहूँ गठन गरिएको छ । पदाधिकारीमा क्रमश,उपाधक्ष्य पदमा गुरुप्रसाद थापा, सचिव पदमा सुनिल थापा मगर, सहसचिव पदमा टेकबहादुर थापा ,काषाध्यक्ष पदमा बिनी थापा मगर चयन भएका छन ।

अन्य सदस्यहरुमा  छबिलाल कुमाल ,लक्ष्मी थापा ,अरुण थापा मगर, मोहन थापा मगर ,कृष्टि राना मगर, सोनी आले र राजेन्द्र राम्जाली चयन भएका छन । नव निर्बचित पदाधिकारी सदस्य हरु लाई तनहूँ युबा मोर्चाको संस्थापाक अधक्ष्य एवं मगरात राज्य परिषदका सचिव खडक बहादुर आलेमगरले शपथ ग्रहण गराएका थिए ।

क्षेत्र, भुगोल र जाति लिङ्गको आधारमा सामनुपातिक र समबेशी हिसबले अन्य सदस्यहरुको पदपुर्ती गर्न सकिने कुरा समितिले जनाएको छ । मोर्चाका निवर्तमान अध्यक्ष गंगा बहादुर राना मगरको सभापतिकत्व तथा पार्टी बरिष्ठ उपाधक्ष्य शिव लाल थापा मगरको प्रमुख आतिथ्यमा संचालित कार्यक्रममा राष्ट्रिय युबा मोर्चाका केन्द्रिय सचिव लाल बहादुर गौतम, पार्टी संघिय परिषद सदस्य डा. देव थापा, सदस्य हस्तबहादुर थापा मगर र मगरात राज्य परिषदका सचिव खडकबहादुर आले मगरले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

उदघाटन सत्र र बन्दसत्र गरि दुई सेसनमा संचालन उक्त अबिधेशनमा कार्यक्रम अबधिभर नै पटक पटक बैदी एक गोमनतालका साँस्कृतिक टोलीले कौरा नृत्यका साथै  बिबिध कार्यक्रम देखाई मनोरञ्जन प्रदन गरेका थिए । नेपाल बिद्यार्थी मोर्चा तनहूँका अध्यक्ष सिजन थापा मगरको स्वागत मन्तब्य बाट शुरु भएको सो कार्यक्रममा पार्टी जिल्ला अध्यक्ष मन्ध्ररी आले मगर, नेपाल बिद्यार्थी मोर्चा केन्द्रिय उपामहासचिव श्रीबहादुर थापा मगर, नेपाल मगर संघ तनहूँका अध्यक्ष झकबहादुर सारुमगर, मगरात जिल्ला परिषद तनहूँका अध्यक्ष दुर्गाधन थापामगर लगयतका ब्यक्तिहरुले शुभकामना मन्तब्य दिएका थिए । कार्यक्रमको संचालन यमबहादुर सारु मगरले गरेका थिए ।

खडक आले मगर ,तनहूँ

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %